बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि तीन दिनका लागि बन्द हुने भएको छ । भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख (असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलताका कारण जनाउँदै सीमा नाका बन्द हुन लागेको हो ।
आज साँझ ५ बजेदेखि १८ गते साँझ ५ बजेसम्म तीन दिन अन्तर्राष्ट्रिय सीमा (पुल) बन्द हुने भएको हो । यसका साथै अक्टोवर १६ तारेख(असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ । उक्त नाका असोज २७ गते साँझ ५.१५ बजेदेखि असोज २९ गते साँझ सवा ५.१५ बजेसम्म बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।
चाडपर्वको बेला सीमानाका बन्द हुने भएपछि भारतबाट घर फर्किने नेपालीलाई समस्या हुने देखिएको छ । आकस्मिक रुपमा निर्वाचनको बिचमा पुल खोल्नुपरेमा आपसी समझदारीमा खोल्न सकिने बताइएको छ ।
बैतडी प्रहरीको विशेष सुरक्षा योजना लागू
नेपालीहरुको मुख्य चाडपर्व दशैंँतिहारलाई मध्यनजर गर्दै बैतडी प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वलाई शान्तपूर्ण रुपमा सम्पन्न गराउने सुरक्षा योजना बनाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चाडपर्वका बेला हुनसक्ने सम्भावित घटनालाई ध्यानमा राखेर प्रहरी निरीक्षकको कमाण्डमा जिल्लाभरी ३३२ प्रहरी खटाइने बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। यसका साथै सुरक्षाको लागि उपलब्ध स्रोतसाधन अधिकतम खटिने जनाइएको छ । सम्भावित आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न कडाइका साथ चेकजाँचको व्यवस्था मिलाइएको छ ।
यस्तै पाटन, मेलौली र सदरमुकाम क्षेत्रमा गाडी स्टेण्डबाइ राख्ने र आवश्यक परेमा अन्य सरकारी निकायसँग पनि समन्वय गर्ने सुरक्षा योजनामा समेटिएको छ ।
यस्तै वित्तीय कारोबार हुने क्षेत्र, मेला हुने क्षेत्रलाई विशेष निगरानीमा राखेर प्रहरी परिचालन गरिने बताइएको छ । चाडपर्वका बेला हुनसक्ने सवारी दुर्घटनालाई न्यूनीकरण गर्न सवारी चेकजाँचलाई अझै प्रभावकारी बनाइने प्रहरीले जनाएको छ । मादकपदार्थ ओसारपोसार, बेचबिखन र सेवनलाई नियन्त्रणका लागि सम्बद्ध पक्षसँग समन्वय गरिनेछ ।
स्थानीय तह, स्थानीय प्रसासन तथा सम्बद्ध पक्षसँग समन्वय गरी बजार अनुगमनलाई प्रभावकारी बनाइएको छ । जिल्लाका पाँच स्थानमा ट्राफिकसहित अन्य १० स्थानमा नेपाल प्रहरीको चेकिङको व्यवस्था मिलाइएको छ । दैनिक सात वटा पैदलगस्ती र सीमानाकामा २४ सै घण्टा चेकजाँचको व्यवस्था गरिएको छ ।
कालोबजारी, जुवातास तथा झै झगडाजस्ता घटना उपर निगरानी बढाइने र संलग्नलाई कानून बमोजिम कारवाही हुने भएको छ । तीन वटा प्रहरीको टोलीलाई सादा पोशाकमा समेट खटाईएको छ । शान्ति सुरक्षालाई मजबुद बनाउन नियमित चेकिङ तथा दु्रत परिचालन टोलीसमेत परिचालन गरिएको छ ।
सवारी दुर्घटना तथा यात्रु लुटिने, ठगिनसक्ने सम्भावनालाई मध्यनजर राखी सीमानाकासहित जिल्लाका पाँच स्थानमा स्वास्थ्यकर्मीसहित यात्रुसहयता कक्ष स्थापना गरिएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: