Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

ज्ञानेन्द्र शाहीमाथिको कुटपिट, संवैधानिक अधिकारमाथिको धावा : साझा पार्टी

काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता भनेर चिनिएका ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटप्रति साझा पार्टीले विरोध जनाएको छ । साझा पार्टीले शाहीमाथिको कुटपिट अत्यन्तै निन्दनीय भएको भन्दै घटनाले संवैधानिक अधिकारमाथि धावा बोल्ने काम भएको बताएको छ ।

साझा पार्टीले आईतबार एक विज्ञप्ती सार्वजनिक गर्दै ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा भएको कुटपिटको घटनाले लोकतन्त्रको धज्जी उडाइएको दाबी गरेकाे छ । साझा पार्टीले विचार राखेकै आधारमा निषेधात्मक उर्दी र कुटपीट हुनु लोकतान्त्रिक व्यवस्था विरोधी भएको बताएको छ ।

साझा पार्टीका चितवन संयोजक भुपेन्द्र बस्नेतद्धारा हस्ताक्षरित विज्ञप्तीमा शाहीमाथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ । विज्ञप्तीमार्फत साझाले सत्तारुढ दलका कार्यकर्ताको गैरकानूनी र उदण्ड व्यवहारलाई बेलैमा नियन्त्रण गर्न पनि सरकारसँग माग गरेको छ ।

यस्तो छ साझाको विज्ञप्ती

कुनै पनि नागरिकले संविधान प्रदत्त हक प्रयोग गर्न पाउनु उसको नैसर्गिक अधिकार हो। सार्वजनिक रुपमा आफ्ना दृष्टिकोणहरू राख्न चितवन आएका ज्ञानेन्द्र शाहीमाथि उनको संवैधानिक अधिकारमाथि नै धावा बोल्ने र डरधम्की देखाउने उद्देश्यकासाथ निर्घात कुटपिट गर्नुलाई साझा पार्टीले अत्यन्तै निन्दनीय कार्यको रुपमा लिएको छ।

नागरिक स्वतन्त्रता र सुरक्षा सरकारको प्राथमिक दायित्व हो। कसैको गतिविधि गैरकानुनि छ भने राज्यका निकायले विधिसम्मत तवरले कारवाहि गरिनु पर्दछ। तर फरक विचार कै कारणले सत्ताको आडमा गरिएको निषेधात्मक उर्दी र कुटपीटले लोकतन्त्रको धज्जी उडाएको छ।

चितवनमा भएको ज्ञानेन्द्र शाही माथिको आक्रमणको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहि गर्न हामी सरकारलाई जोडदार आग्रह गर्दछौं। साथै सत्ताधारी दलका कार्यकर्ताको शक्तिको दम्भ सहितको गैर कानुनि र उदण्ड व्यवहारलाई सरकारले बेलैमा नियन्त्रण गर्न समेत सरकारलाई सचेत गराउन चाहन्छौं।

भुपेन्द्र बस्नेत
संयोजक, साझा पार्टी, चितवन
मिति: १२ असोज २०७६

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending