काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, राहदानी विधेयक र भूमिसम्बन्धी (आठौँ संशोधन) विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रस्तुत गरेको राहदानी विधेयक, २०७५का सम्बन्धमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले गम्भीर खालका अपराधमा संलग्न भएको आरोपमा अनुसन्धानको दायरामा रहेका व्यक्ति राहदानी प्रयोग गरेर फरार हुनसक्ने सम्भावनाप्रति सरकार सजग र सचेत रहनुपर्छ भन्ने विधेयकको मनसाय भएको बताए ।
उनले भने, “कूटनीतिक राहदानीे अख्यिार प्राप्त व्यक्तिले सरकारी विशेष कामका सन्दर्भमा मात्र प्रयोग गर्छन् । त्यसको ठीक ढङ्गबाट प्रयोग हुनुपर्छ भन्नेमा सरकार सचेत छ । कूटनीतिक राहदानी बाहकले के गर्न हुन्न, कुन मर्यादाभित्र रहनुपर्छ भन्नेमा राहदानी बाहकले हेक्का राख्नुपर्छ ।
यसैगरी भूमि व्यवस्थापन, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्यालले प्रस्तुत गरेको भूमिसम्बन्धी ९आठौँ संशोधन० विधेयक २०७५ लाई विचार गरियोस् भन्ने प्रस्तावमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै उनले सरकारले आवश्यक ठानेमा हदबन्दीका सम्बन्धमा तोकिएको शर्तको अधिनमा रहेर उद्योग व्यवसाय सञ्चालन गर्नका लागि लचिलो हुनसक्ने व्यवस्था गरिएको बताए ।
मन्त्री अर्यालले भने, “चक्लाबन्दी गर्ने विषय भू उपयोगसँग जोडिएको छ, यस क्षेत्रका ज्वलन्त समस्यालाई तत्काल सम्बोधन गर्न सो विधेयक ल्याइएको हो, एकीकृत कानून बनाउन तयारी भइरहेकै छन् । सुकुम्बासी सम्स्या र अव्यवस्थित बसोबाससम्बन्धी विषय सदाका लागि अन्त्य गर्न सरकारले गृहकार्य गरिरहेको छ ।
सांसदहरुले उक्त विधेयकले भूमि र मोहीको समस्या समाधान गर्नाको साटो पूँजीपतिको मात्र संरक्षण गर्ने देखिएकाले यसमा व्यापक परिमार्जनको खाँचो आँैल्याएका थिए । प्रतिनिधिसभाको अर्को बैठक आजै आधा घण्टापछि बस्नेछ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: