सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।
भीषण वर्षापछि गएको असोज १९ गते लखन्देहीखोलामा आएको बाढीले पक्की सडक बगाएर क्षति पुर्याएको थियो । त्यसबेला सडक कटान भएको तीन दिनपछि अस्थायी डाइसर्भन निर्माण गरेर हुलाकी राजमार्ग सुचारु भएको थियो ।
साँघुरो डाइभर्सनबाट उखु बोकेका गाडी तथा अन्य मालवाहक सवारी वारपार गर्न समस्या परेको स्थानीयले गुनासो गरेका छन् ।
कौडेना गाउँपालिकासहितका सर्लाहीको दक्षिणपश्चिम भेगमा पर्ने गोडैता नगरपालिका, बलरा नगरपालिका, विष्णु गाउँपालिका, धनकौल गाउँपालिका र रामनगर गाउँपालिकाका बासिन्दा पूर्वपश्चिम हुलाकी सडक भएर सदरमुकाम मलङ्गवासम्म आउजाउ गर्दै आइरहेका छन् ।
हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरले बाढीले सडक कटान गरेको यस ठाउँमा अब कलभर्ट निर्माण गर्ने भएको छ । कलभर्ट निर्माणका लागि एक साताअघि ठेक्का आह्वान भइसकेको कार्यालयले जनाएको छ ।
यस ठाउँमा वर्षायामको पानी निकास नहुँदा वर्षेनी सडक नै कटान गर्ने गरेकाले अब मल्टिसेल बक्स कलभर्ट निर्माण गर्न लागिएको हुलाकी सडक निर्देशनालय, योजना कार्यालय जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रञ्जित यादवले जानकारी दिए।
उनका अनुसार २७ मिटर लामो कलभर्ट निर्माणका लागि पुस ४ गते ठेक्का आह्वान गरिएको छ । आगामी असारसम्ममा कलभर्ट निर्माण गर्ने गरी ठेक्काको सूचना आह्वान गरिएको इन्जिनियर यादवले बताए।
“आगामी बर्खाअघि नै कलभर्ट बनाउने योजनासहित सडक विभागको निर्देशनअनुसार कार्यालयबाटै सूचना निकालिएको छ,” इन्जिनियर यादवले भने, “यो ठाउँमा बारम्बार बाढी आएर सडकमा क्षति गर्ने भएकाले अब पानीको उचित निकास हुने गरी कलभर्ट निर्माण गर्न लागेका हौँ ।”
कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार (बब्लु) ले अहिले डाइभर्सनबाट दु:खसुख आउजाउ गर्न मिलिरहे पनि वर्षायामअघि कलभर्ट बनाइसक्न हुलाकी सडक आयोजनालाई घचघच्याइरहेको बताए। कार्यालयले बर्खाअघि नै कलभर्ट बनिसक्ने भन्दै आश्वस्त पारेको उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १२ गते, २०८२ - १२:२७
काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...
पौष १२ गते, २०८२ - १२:२१
सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...
पौष १२ गते, २०८२ - १२:१७
बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...
पौष १२ गते, २०८२ - ११:१५
काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...
पौष १२ गते, २०८२ - १०:५८
नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...
पौष १२ गते, २०८२ - १०:४९
सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् । भीषण वर्ष...
पौष १२ गते, २०८२ - १०:३६
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...
पौष १२ गते, २०८२ - १०:२६
रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...
पौष ११ गते, २०८२ - १७:०५
काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...
पौष ११ गते, २०८२ - १६:५५
काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...




प्रतिकृया लेख्नुहोस्: