Khabar Dabali २० जेष्ठ २०८३ बुधबार | 3rd June, 2026 Wed
Investment bank

राज्यका मुख्य अङ्गहरु कमजोर बन्दैछन् : महासचिव पोखरेल

खबरडबली संवाददाता

बाँके। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रको प्रमुख अङ्गहरु कमजोर बनाउन विभिन्न तहबाट प्रयास गरिएको बताएको छन् ।  

राष्ट्रिय बाणिज्य बैङ्क कर्मचारी सङ्घ नेपालको १२ औं राष्ट्रिय महाधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै महासचिव पोखरेलले नेपालमा पुराना राजनीतिक दल, नेतृत्व र मुख्य अङ्गहरुलाई कमजोर बनाउन खोजिएको टिप्पणी गर्नुभयो । 

महासचिव पोखरेलले भने, “राज्यका सुरक्षा निकायलाई पनि कमजोर बनाउन बिभिन्न चलखेल र प्रयोग गरिदैछ ।” उनले राजनीतिक दल र नेतृत्वप्रति आम नागरिकको आक्रोशको रुपमा मात्र बुझियो भने त्यो असत्य हुने दावी गरे। यो जनताको विद्रोह नभइ लामो तयारीपछिको षडयन्त्र भएको बताए। 

उनले भदौं २३ गतेको शान्तिपूर्ण प्रदर्शनमा हिंसात्मक गतिविधी कसरी भयो भनेर गहन अनुसन्धान जरुरी रहेको बताए । २३ गतेको घटनाको आक्रोशको रुपमा २४ गते भएको हो भनेर मान्न सकिने आधार नभएको उनको भनाइ छ । 

महासचिव पोखरेलले जेन्जीका नाममा अवकाशप्राप्त कर्मचारीले सरकारमा प्रतिनिधित्व गरेकोजस्तो एमालेको नेतृत्व नभएको टिप्पणी गरे। महासचिव पोखरेलले पपुलिज्मले समाजको हित गर्न नसक्ने भन्दै कुनै पनि देशमा पपुलिज्म विकल्प बन्न नसक्ने दबाबी गरे । उनले राजनीतिक दलहरु कहिल्यै पनि पुराना नहुने बताए । 

महाधिवेशनको उद्घाटनअघि नेपालगञ्जमा बिहान प्रभातफेरीको आयोजना भएको थियो । उनले पुँजी परिचालनमा बैङ्क तथा बित्तिय संस्थाले आम नागरिकलाई बिश्वास गर्न सक्ने अवस्थामा आए मात्र देशमा विकास र समृद्धि अघि बढ्ने बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन तहका सरकारले सूचना तथा सञ्चार क्षेत्रमा गरेका कामको समीक्षा हुन्छ: सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ। तीन तहका सरकारबीच समन्वय, कार्यगत स्पष्टता र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित विषयगत समितिको बैठकले सञ्चार क्षेत्रका संरचन...

चुनावी परिणाम र पार्टीको वर्तमान अवस्थाबारे आत्मसमीक्षा अपरिहार्य: विष्णु पौडेल

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीले हालको अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्दै चुनावी पराजयका कारणहरूको निर्मम मूल्यांकन ...

राष्ट्रपति कार्यालयबाट हात्तीका दाह्रा चोर्ने पाँच जना पक्राउ

काठमाडौं । अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री–वितरण तथा सञ्चय गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनु...

सप्तरीमा गर्मीको कहर, अस्पतालमा बिरामीको चाप बढ्यो

सप्तरी। सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन कष्टकर बनेको छ ।  सँधै भिडभाड रहने राजविराज बजारमा सर्वसाधारणको आवतजावत पातलिएको छ । ...

वैकल्पिक विकास वित्त परिचालन विधेयकमा सुझाव दिन नसक्दा राष्ट्रियसभाको भूमिका स्वत: समाप्त

काठमाडौं । वैकल्पिक विकास वित्त परिचालन विधेयकमाथि सुझाव दिने संवैधानिक अवसर राष्ट्रियसभाले गुमाएको छ। प्रतिनिधिसभाबाट पारित भएर आएको उक्त विधेयकमा सं...

नेपाल र भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात् गर्नुपर्छ: रवि लामिछाने

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसाथ गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश ग...

एक महिनादेखि सम्पर्कविहीन सशस्त्रका असई र युवती झुण्डिएको अवस्थामा मृत फेला

काभ्रेपलाञ्चोक । करिब एक महिनादेखि सम्पर्कविहीन रहेका सशस्त्र प्रहरीका एक असई र एक युवतीको शव पाँचखालमा झुण्डिएको अवस्थामा फेला परेको छ। जिल्ला प्र...

समर्थन मूल्यभन्दा कममा धान खरिद गरे कारबाही

राजविराज। जिल्ला प्रशासन कार्यालय सप्तरीले सरकारद्वारा निर्धारण गरिएको न्यूनतम समर्थन मूल्यभन्दा कम दरमा धान खरिद नगर्न खरिदकर्ता तथा सरोकारवालालाई सच...

सामान्य अंकले बढ्यो सेयर बजार, निर्जीवन बीमा समूहमा लगानीकर्ताको आकर्षण

काठमाडौं । अघिल्लो कारोबार दिन उल्लेख्य वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र उकालो लागेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)परिसूचक २.६६...

नयाँदिल्लीको एक होटलमा भीषण आगलागी: २१ जनाको मृत्यु

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्लीको एक होटलमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । पछिल्लो वर्ष राजधानीम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending