Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सहरमा कोदोको माग बढ्दै

खबरडबली संवाददाता

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ ।

गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम हुने गरेको यहाँको कोदो पछिल्लो समय सहरमा समेत माग हुन थालेपछी अहिले यहाँका किसान  पनि निकै खुसी हुने गरेका छन् ।

 भिरालो तथा पाखो जमिनमा प्रसस्त मात्रामा उत्पादन हुने गरेको कोदो यसरी अहिले सहरका विभिन्न ठाउँबाट माग बढ्द थालेपछी किसान पनि कोदो खेतीमा निकै आकर्षित हुने गरेका हुन् । 

बाजुरामा जेठ , असार र साउनको महिनामा समेत कोदो लगाउँने गर्छन् । जेठमा लगाएको कोदो भदौमा पाक्न सुरु हुन्छ भने असार साउनमा लगाएको भने कोदो मङ्सिरमा पाक्छ ।

यहाँका किसानले गाई गोरु भैँसी भेडाबाख्राको गौत गोबरको मल प्रयाग गरेर कोदो उत्पादन गर्छन् । गाउँमा यसरी उत्पादन गरेको अर्गानिक कोदो स्वास्थ्यका लागि निकै लाभदायिक हुने गरेकोले पछिल्लो समय देशका विभिन्न सहर देखि माग हुने गरेको हिमाली गाउँपालिका –६ का सुरिता रोकायाले बताउनुहुन्छ ।  

उहाँले भन्नुभयो, “गाउँमा पहिला देखि अहिले सम्म धेरै कोदो उत्पादन हुन्छ । पहिला कोदो कतै बिक्री हुँदैन थियो । त्यसैले किसान पनि कम कोदो लगाउँथे । अहिले यहाँको कोदो किन्नका लागि सहर देखि नै व्यापारी गाउँमा आउने गरेपछि पछिल्लो समय कोदो बढी लगाउँने गर्छौ ।”

कोदो खेतीले नै यहाँका किसानको जिविकोपार्जनमा टेवा पुग्ने देखिएकोले अहिले यहाँका आधिकांश पालिकाले समेत किसानलाई कोदो उत्पादनमा बढी जोड दिन थालेको छ ।

 त्यति मात्र होइन अहिले यहाँका आधिकांश विद्यालयहरूमा बालबालिकाहरूको दिवा खाजामा समेत कोदोको परिकार अनिर्वाय गरेको छ ।

 गाउँमै कोदो खपत हुने र त्यसैमा सहरका विभिन्न ठाउँ देखि व्यापारी कोदो किन्न गाउँमै आउने गरेकोले यती बेला यहाँका किसानलाई आर्थिक रुपमा निकै सहज हुने गरेको रोकायाले बताउनुभयो । कोदो स्वास्थ्यका लागि निकै उपयोगी छ । कोदोमा कार्बोहाइड्रेट, प्रोटिन, फाइबर, भिटामिन, क्याल्सियम, म्याग्नेसियम, आइरनजस्ता खनिजको प्रचुरता बढी भएकाले स्वास्थ्यका लागि उपयोगी मानिन्छ ।

गत वर्ष मात्र बाजुराको तल्लो क्षेत्रबाट झण्डै दुइ ट्रक भन्दाबढी अर्गानिक कोदो अत्तरिया , धनगढी , महेन्द्रनगर , नेपालगञ्ज र काठमाण्डौ लगायतका ठूला सहर बिक्री भएको बुढीगङ्गा नगरपालिका –१० फुलोटका वरिष्ट कृषक तथा कोदो व्यापारी भोलाराम जैशीले बताए। 

उहाँले भनुभयो, “हिमाली,जगनाथ, स्वामीकार्तिक, बुढीनन्दा, बडीमालिका गौमुल, बुढीगङ्गा खप्तडछेडेदह र त्रिवेणीलगायतका विभिन्न ठाउँमा कोदो उत्पादन हुन्छ । यहाँ उत्पादन हुने कोदो अर्गानिक हो । हामीले पनि एक किलोलाई तीस रुपियाँमा खरिद गरि सहरमा पठाएका हौ ।”

पहिला गाउँमा सडक थिएन । बोकेर लान सकिदैन थियो । भाडा बढी लाग्थ्यो । अहिले यहाँका प्रत्येक गाउँ बस्तीमा सडक पुगेका छन् । अनी हामीलाई पनि गाडी लिएर उनीहरुको घरमै जान सहज भएकोले यती बेला यहाँको कोदो सहरमा पुग्ने गरेको जैशीले बताए। 

कोदो खेती स्थानीयको जीविकोपार्जन गर्न सहज देखिएकाले अहिले स्थानीय तहले पनि कोदो खेतीमा उत्प्रेरित गर्दै आएका छन् ।

 यस जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य छ । 

त्यसमध्ये पाँच हजार २३५ हेक्टर जमिन वर्षभरि सिँचाइ सुविधा उपलब्ध छ । त्यसमा कोदो खाद्यान्न उत्पादनको योगदान २२.६२ प्रतिशत मात्र रहेको कृषि ज्ञान केन्द्रका प्रमुख जसिराम साहनीले बताए । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्थानीय उत्पादन प्रवर्द्धन गर्न गोङ्गबुमा कृषि मेला

काठमाडौँ । स्थानीय उत्पादन प्रवर्द्धनका लागि गोङ्गबुमा कृषि मेला आयोजना भएको छ । काठमाडौँ महानगरपालिका वडा २६ को सहकार्य तथा रैथाने एग्री प्रडक्ट नेपा...

वीरेन्द्रनगरमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

सुर्खेत। गाडीको ठक्करबाट शनिबार बिहान घाइते भएका दैलेखको डङे्गेश्वर गाउँपालिका–५ का ४३ वर्षीय जङ्गबहादुर बुढाको उपचारका क्रममा मृत्यु भएको छ । वीरेन्द...

सहरमा कोदोको माग बढ्दै

बाजुरा । बाजुराका दुर्गम गाउँ बस्तीका किसानले उत्पादन गरेको अर्गानिक कोदोको सहरमा माग बढ्दै गएको छ । गाउँमा उत्पादन बढी हुने तर बिक्री भने सधैँ कम ...

रास्वपाको समानुपातिक उम्मेदवारका आकांक्षीका लागि प्रारम्भिक मतदान सुरु

काठमाडौं । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदान सुरु गरेक...

करिब पाँच करोड हुन्डी कारोबारको आरोपमा बाँकेमा एक जना पक्राउ

नेपालगन्ज। जिल्ला प्रहरी कार्यालय बाँकेले हुन्डी सम्बन्धी कारोबार मुद्दाको अनुसन्धानका क्रममा राष्ट्रिय जनमत पार्टीका नेता इरफान अहमद शेखलाई पक्राउ गर...

तीन महिनाअघि कटान भएको सडक अझै बनेन

सर्लाही। सर्लाहीको कौडेना गाउँपालिका–३, पर्सा टोलमा पूर्वपश्चिम हुलाकी सडक कटान भएको तीन महिना भइसक्दा समेत अझै निर्माण हुन सकेको छैन् ।  भीषण वर्ष...

रास्वपासँग सहमति गर्नुअघि बालेन र कुलमानबीच भेटवार्ता हुने

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ। राष्ट्रिय ...

रौतहटमा मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु, छ जना घाइते

रौतहट । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। कटहरीया नगरपालिका–९ मा र...

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। यो मन्त्रिपरिषद्को नियमित बैठक भएको जनाइएक...

रवि र बालेन मिलेपछि मात्रै कुलमानसँग छलफल हुने, सहमतिपत्रको पहिलो मस्यौदा स्वीकृत

काठमाडौँ । आगामी निर्वाचनमा सहकार्य कसरी गर्ने भन्नेबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending