काठमाडौं । नेपाल आइडल सिजन– २ का विजेता रवि ओडको नयाँ गीत ‘पिएर नशा’ सार्वजनिक भएको छ । अर्जुन पौडेलको शब्द र संगीतमा रहेको गीत अर्जुन पौडेलकै अफिसियल यूट्युव मार्फत सार्वजनिक भएको छ ।
केही समय अघी मात्र रिलिज भएको पौडेलको गीत ‘बबाल’ ले छोटो समयमै चर्चा कमाइरहेको छ । ‘पिएर नशा’को भिडियोमा चर्चित मोडल अनि नायिका तथा मोडल बर्षा राउत र रन्जित पौडेलले अभिनय गरेका छन् । भिडियो निर्देशन चर्चित निर्देशक निकेश खड्काले गरेका हुन ।
भिडियोमा बुद्द थापाको छायांकन, बिकास दाहालको सम्पादन, समरा लामाको मेकअप र सुबोल थापाको कोरियोग्राफी देख्न सकिन्छ ।
यस्तो छ गीतको भिडियो
प्रतिकृया लेख्नुहोस्: