Khabar Dabali २४ माघ २०८२ शुक्रबार | 6th February, 2026 Fri
Investment bank

नेकपामा प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल र अध्यक्ष प्रभु शाहलगायतलाई कारबाहीको माग

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नं २ का इन्चार्ज सत्यनारायण मण्डलसहितका नेताहरुलाई कारबाही गर्न माग गर्दै १६ जना केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्षलाई पत्र बुझाएका छन् । पार्टी विधि र अनुशासनलाई उल्लंघन गरेको भन्दै प्रदेश नं. २ का इन्चार्ज मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारवाही गर्न केन्द्रीयसदस्यहरुले माग गरेका हुन् ।

पार्टी केन्द्रिय कार्यालय पार्टी अध्यक्षलाई सम्बोधन गरि बुझाइएको पत्रमा पार्टीको विधि र विधानलाई उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरिएको भन्दै कडा कारवाहीको माग गरिएको हो । पत्रमा पार्टीलाई विधि र अनुशासनमा यथाशिघ्र अगाडि बढाउन माग पनि माग गरिएको छ ।

केन्द्रिय कार्यालयमा बुझाइएको पत्रमा नेकपाको प्रदेश नं. २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी र महेन्द्र पासवानसहितका १६ जना रहेका छन् । पत्रमा १६ जना केन्द्रीय सदस्यहरुले पार्टीले माथिदेखि तलसम्म विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गरेको भन्दै सच्याउन पनि माग गरेका छन् ।

पत्रमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्हरुमा रामचन्द्र झा (धनुषा), गोपाल ठाकुर (बारा), रामचन्द्र यादव (सिरहा), श्रीप्रसाद साह (धनुषा), सुधीरप्रसाद साह (धनुषा), रत्नेश्वर गोइत यादव (धनुषा), रामकुमार शर्मा (धनुषा), ममता गिरी (सिरहा), सरला यादव (रौतहट), दिनेश राई (बारा), जगत प्रसाद यादव (सिरहा), शत्रुधन महत्तो (धनुषा), बोधमायाँ यादव (धनुषा), रविन्द्र बैठा (सर्लाही) रहेका छन् ।

उनीहरुले बुझाएको पत्रमा पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) अनुुसार रघुवीर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनु पर्ने, २ नं प्रदेश कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य बरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग गरिएको छ ।

त्यसैगरी पार्टीको अन्तरिम विधानको धारा ३६ ९ख० तथा विशेष परिपत्र– ४ ९क० विपरीत प्रदेश नं २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी बरिष्ठ र सक्षमहरुलाई मनोनयन गरी सपथ ग्रहण गराउनु पर्ने माग गरिएको छ ।

षड्यन्त्रपूर्वक पर्सा र बारामा गराइएको कथित सपथ ग्रहण रद्द गरी जिल्ला कमिटिमा मनोनयन गरिएको त्रुटी सच्याएर मात्र शपथ ग्रहण गर्न आग्रह गरिएको छ । त्यसैगरी उनीहरुले जिल्ला कमिटि मातहतका पार्टी कमिटीहरुमासमेत यस्तै अवैधानिक र विधि विपरीत ढंगबाट कमिटी गठन गर्ने कार्यलाई तत्काल रोक्नु पर्ने माग गरिएको छ ।

यस्तो छ केन्द्रिय कार्यालयमा बुझाइएको पत्र

\"\"/
\"\"/
\"\"/

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE