Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

प्राबिधिक शिक्षालाई कालोपाटीमा पढाउने प्रवृतिले सोचे अनुरुपको जनशक्ति पैदा गर्न सक्दैन - मन्त्री पोखरेल

काठमाडौं । टिच फर नेपालले आफ्नो अभियानमा सहयोग गर्ने बैंक तथा व्यवसायिक प्रतिष्ठानलाई सम्मान गरेको छ । टिच फर नेपालका बोर्ड सदस्य तथा एच एच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाद्वारा आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले टिच फर नेपालले हाल गरिरहेको काम प्रसंसनिय रहेको र यसको सङ्केत टिच फर नेपालका प्रज्ञार्थीहरूले पढाइरहेको विद्यालयमा देख्न सकिने बताए । \'हालको आवश्यकता प्राविधिक शिक्षा हो र प्राविधिक शिक्षालाई कालोपाटीमा पढाउने प्रवृत्तिले सोचे अनुरूपको जनशक्ति पैदा गर्न सक्दैन । त्यसैले सरकार प्राविधिक शिक्षामा लगानी गर्न तत्पर छ\' मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले टिच फर नेपालको अभियानमा नेपालका प्रतिष्ठित बैंक तथा व्यवसायिक प्रतिष्ठानले सहयोग गरिरहेको देख्दा आफूलाई खुसी लागेको र यो सहयोगको निरन्तरतामा समेत जोड दिए।

कार्यक्रममा एच एच बजाज, सूर्य नेपाल, पञ्चकन्या ग्रुप, नेपाल इनभेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, नेपाल बङ्गलादेश बैंक, माचापुच्रे बैंक, सानिमा बैंक, राष्ट्रिय बाणिज्य बैंक, कुमारी बैंक, एन सी सी बैंक, जनता बैंक, सिद्धार्थ बैंक, सन राइज बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक र किंग्स कलेजलाई टिच फर नेपालको अभियानमा साथ दिएकोमा सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै टिच फर नेपालका बोर्ड सदस्य शेखर गोल्छाले यो अभियानले पन्ध्र हजार विद्यार्थीको जीवन परिवर्तन सँगै भावी जनशक्ति पनि तयार गरिरहेको बताउनु भयो । त्यस्तै टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत, शिशिर खनालले आगामी वर्ष पनि थप सार्वजनिक बिद्यालयमा काम गर्ने र गुणस्तरीय शिक्षाको यो अभियानलाई निरन्तरता दिने बताए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending