Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

सिटिइभिटीका कर्मचारी ११ बुँदे माग राख्दै एक सातादेखि आन्दोलित

भक्तपुर। प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीइभिटी)मा कार्यरत कर्मचारीहरूले ११ बुँदे माग राखेर चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । सिटीइभिटी व्यवस्थापनसँग गतवर्ष असोज २१ र जेठ १३ गते भएको सहमतिको कार्यान्वयन गर्नुपर्ने भन्दै भाद्र २५ गतेदेखि उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

सिटीइभिटीका सदस्य सचिव पुष्परमण वाग्लेको कार्यकक्षमा १ घण्टा धर्ना दिएर सुरु गरिएको आन्दोलनका थप कडा वन्दै गएको छ । आफुहरूको माग पुरा गराउन व्यवस्थापनले कुनै चासो नदिएको भन्दै राष्ट्रिय कर्मचारी संगठनले माग पुरा नभएसम्म चरणबद्ध धर्ना तथा प्रदर्शन जारी राख्ने जनाएको छ ।

आन्दोलनरत कर्मचारीहरुले सिटीइभिटी व्यवस्थापनसँग सेवा प्रवेशदेखि हालसम्म परिषदको केन्द्रीय कार्यालयभन्दा बाहिर नगएका कर्मचारीहरूलाइ तत्काल पहिलो चरणमा प्रदेश तथा शिक्षालयमा खटाउनुपर्ने, त्यसपछि क्रमशः बढी अवधि परिषद् कार्यालय बसेका कर्मचारीहरूलाई प्रदेश कार्यालय तथा शिक्षालयमा खटाउनुपर्ने लगायतका मागहरू अघि सारेका छन् ।

हाल दोस्रो चरणको आन्दोलनको कार्यक्रमअनुसार राष्ट्रिय कर्मचारी संगठन केन्द्रीय कार्यालयमा काम गर्ने ७५ जनाको टोलीले धर्ना शुरू गरेका छन् । बिहान १० बजेदेखि शुरू भएको धर्ना साँझ कार्यालय बन्द नहुँदासम्म जारी रहने आन्दोलनरत राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष तेजवहादुर खत्रीले जनाए। खत्रीले आफ्ना माग अविलम्ब पूरा नगरिए सिङ्गो सिटिइभिटी ठप्प पार्ने चेतावनी दिएका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending