दैलेख । आफ्नो मनोकांक्षा पूरा गर्न मन्दिरमा छोरी चढाउने संस्कृति त पहिल्यैदेखि सुनि आएको हो। तर छोरामान्छेलाई पनि परिवारले यस्ते उद्देश्यले चढाउँछन् भन्ने सुन्दा जो कोहीलाई अचम्म लाग्छ होला ? दैलेखको तल्लो डुंगेश्वरमा मन्दिरमा चढाइएको कुमार केटोबाट टिका र आर्शीवाद थापेमा आफ्नो मनोकांक्षा पूरा हुने सिद्धेश्वर महादेवको मन्दिरमा कुमार केटो चढाउने चलन अझैं कायमै छ।
जसलाई स्थानीय भाषामा मन्दिरमा चढाइएको कुमार केटोलाई ‘देउकेटा’ भन्ने गरिन्छ। मन्दिरमा पूजापाठ गर्नेदेखि मन्दिरको सरसफाइ र रेखदेख गर्दै ‘देउकेटा’ को दिनचर्या बित्छ। यो कर्णाली राजमार्ग अन्तर्गत दैलेखको तल्लो डुंगेश्वरस्थित शिद्धेश्वर महादेव मन्दिरको वर्षौ पुरानो परम्परा हो। कर्णाली नदी किनारमा रहेको यो मन्दिरमा परम्परादेखि नाबालक अर्थात कुमार केटो चढाउने चलन छ। अहाल मन्दिरमा जीवन गिरी ‘देउकेटा’ को रुपमा छन्।
बिहानै उठ्ने, कर्णाली किनारमा नुहाउने, नदीको जल लिएर मन्दिरमा पूजा गर्ने, दिनमा स्कुल जाने, साँझ पुन कर्णाली नदी किनारमै नुहाएर मन्दिरमा पुजा गर्ने जीवनको दैनिकी हो। आधुनिक समाजमा कलंकको रुपमा रहेको देउकी प्रथा क्रमश हट्दै गए पनि दैलेखमा कुमार केटो चढाउने ‘देउकेटा’ प्रथा कायमै छ। ‘देउकेटा’ जीवनका जेठो दाई प्रेमदेव गिरी र त्यसपछि माइलो दाई चन्द्रदेव गिरीसमेत मन्दिरमा चढाइएका थिए।
उनीहरुको बिवाह भएपछि जीवनलाई देउकोटाको रुपमा मन्दिरमा भढाइएको हो। पुर्खाको परम्परा अनुसार परिवारले नै चढाएपछि आफू मन्दिरमा बस्न बाध्य भएको जीवन बताउँछन्। ‘यो हाम्रा पुर्खाहरुले पाएको बरदान हो रे। छोड्न नमिल्ने भएरै होला आमा–बुबाको सल्लाहमा म देउकेटा बसको हुँ’ उनले भने, ‘स्कुल टाढा छ, पूजा नगरुन्जेल बाहिर निस्कन मिल्दैन। कत्तिदिन त पूजा गर्दागर्दै स्कुल पनि छुट्छ।’
मंगलबार र शनिबार विशेष पूजा हुने भएकाले मंगलबार उनी स्कुल जान पाउँदैनन्। मन्दिरको पूजापाठबाट संकलित दानदक्षिणा देउकेटाका परिवारले घर खर्च चलाउने गरेका छन्। मन्दिरबाट उठाएको भेटीले नौ जना परिवारको घर खर्च जुटाउँदै आएको जीवनका बुबा खड्गदेव गिरीले बताए। ‘हाम्रो आफ्नो परम्परा चटक्क छोड्न मिल्दैन्’ उनले भने, ‘परम्परा संरक्षणका लागि पनि छोरो मन्दिरमा चढाएको हुँ।’ कुमार केटाबाट पूजाआजा नगराएमा स्वयं परिवार तथा श्रदालु भत्तजनको मनोकांक्षा पूरा नहुने र भाग्यको फलप्राप्ती नहुने मान्यता रहीआएको छ।
मन्दिरमा देउकेटाले नुहाइसकेपछि अरुलाई छुन र अरुले पकाएको खान नहुने मान्यता छ। देउकेटा निर्माण गर्दा कुमार केटोलाई विधिपूर्वक ब्रतबन्ध गराएर राख्ने परम्परा छ। आफ्ना चार छोरामध्ये जेठो प्रेमदेव, माइला चन्द्रदेवले यसअघि देउकेटा भइसकेको र अब कान्छो छोरा लक्ष्मणको पालो आउन बाँकी रहेको जीवनका बुबा खड्गदेवले बताए। अन्नपुर्णबाट
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: