काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएका छन्।
पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस र एमाले निर्वाचनमा नजाँदै आफू ठूलो बन्ने उद्देश्यले संसद् पुनर्स्थापनाको चर्चा गरिरहेको आरोप लगाए। उनका अनुसार ती दलहरूले सो विषयलाई न्यायालयसम्म पुर्याए पनि त्यसबाट परिणाम नआउने स्पष्ट छ।
‘म सबै कार्यकर्ता र जनतालाई स्पष्ट भन्न चाहन्छु—कुनै भ्रममा पर्नु पर्दैन,’ प्रचण्डले भने, ‘अहिले संसद् पुनर्स्थापना हुँदैन। निर्वाचनको प्रक्रिया अघि बढिसकेको छ र अब त्यसलाई रोक्ने अवस्था छैन।’
उनले अब देशको सम्पूर्ण राजनीतिक शक्ति निर्वाचनतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिए। उनका अनुसार अब कांग्रेस र एमाले पनि संसद् पुनर्स्थापनाको बहस छोडेर निर्वाचनको तयारीमा लाग्नेछन्।
आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गर्दै प्रचण्डले हालको राजनीतिक परिस्थितिमा निर्वाचन अपरिहार्य रहेको बताए। उनले निर्वाचन नभए देश थप अन्योल र दुर्घटनातर्फ जान सक्ने चेतावनी पनि दिए।
जेन–जेड आन्दोलनपछिको राजनीतिक अवस्थालाई उल्लेख गर्दै प्रचण्डले भदौ २५ गते राष्ट्रपति कार्यालयमा आफूहरूको सक्रियताका कारण देश थप संकटमा जानबाट जोगिएको दाबी गरे।
‘निर्वाचन नगरे थप अन्योल र जोखिम बढ्छ,’ उनले भने, ‘अब सिङ्गो राष्ट्र निर्वाचनमा केन्द्रित हुनुपर्छ र आम जनतालाई त्यसतर्फ आकर्षित गर्न आवश्यक छ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ११ गते, २०८२ - २२:०६
ओखलढुंगा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ओखलढुङ्गामा नेकपाकाे उम्मेदवारी सिफारिसमा विवाद उत्पन्न भएको छ। शुक्रवार जिल्ला...
पौष ११ गते, २०८२ - २१:४९
सिन्धुली । सिन्धुली- २ बाट नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को नाम प्रत्यक्षतर्फ उम्मेद्वारका रूपमा सिफारिस गरिएको छ । फागुन २१ गते निर्धारित प्...
पौष ११ गते, २०८२ - २१:२४
अख्तियार अनुसन्धानको क्रममा प्रशासनिक सरुवा, म्याग्दीबाट जगेडा हुँदै नयाँ जिम्मेवारीमा
पौष ११ गते, २०८२ - २१:११
काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच गठबन्धन र एकताको प्रयास जारी रहँदा संसद् विघटनपछि कांग्रेस र एमाले पनि निरन्तर संवादमा रहेका छन्। विशेषगरी आग...
पौष ११ गते, २०८२ - २१:०८
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्युठानले ७ जनाको उम्मेदवार सिफारिस गरेको छ। निर्व...
पौष ११ गते, २०८२ - २१:०४
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् पुनर्स्थापना नहुने दाबी गर्दै अबको राजनीतिक निकास निर्वाचन नै भएको बताएक...
पौष ११ गते, २०८२ - २०:५४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच आज हुने भनिएको सहमति शनिबारका ला...
पौष ११ गते, २०८२ - २०:२०
काठमाडौं । सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर...
पौष ११ गते, २०८२ - २०:०५
काठमाडौं । भारतले बंगलादेशमा हिन्दू, ईसाई र बौद्धलगायत धार्मिक अल्पसंख्यक समुदायविरुद्ध शत्रुता र हिंसा बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।...
पौष ११ गते, २०८२ - २०:०४
धनगढी । श्रीमान्–श्रीमतीको सम्बन्ध मात्र होइन, पार्टी नेतृत्वसमेत फरक–फरक धारमा पुगेपछि छुट्टिएका रेशम चौधरी र रञ्जिता श्रेष्ठ पुनः एउटै राजनीतिक यात्...




प्रतिकृया लेख्नुहोस्: