Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

आजभोली मिलेसम्म रिलेसन, नभए साइबर अपराध

काठमाडौं । महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् ।

आजको अन्नपुर्णमा खबर छ - उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग उनको प्रेम बस्यो । तिनै युवाले अश्लील भिडियो सार्वजनिक गर्ने धम्की दिए । किशोरीको उजुरीपछि प्रहरीले ती युवालाई पक्राउ गरेर ल्यायो । ‘हामीले सहमतिमै भिडियो खिचेका हौं’, उनले बयानमा भने, ‘उनले मसँग रिलेसन राख्न नचाहेपछि त्यसलाई बाहिर ल्याउने धम्की दिएको हुँ ।’ ख्यालख्यालमै भिडियो खिचे । घटनाले ठूलो रूप लिएपछि किशोरी डिप्रेसनमा गएकी छन् । परिवारले उनलाई मनोपरामर्श दिएर राखेको छ ।

कीर्तिपुरमा डेरा बस्ने एक किशोरी र ठमेलको डान्सबारमा काम गर्ने युवकबीच फेसबुकमा चिनजान भयो । किशोरीको इच्छा डान्सर बन्ने थियो । युवकले आफ्नै डान्सबारमा काम गर्न सुझाए । राति मात्रै डान्सबारमा काम गर्नुपर्ने हुँदा किशोरीलाई घर पुर्‍याउनुपर्ने समस्या आयो । झन्डै तीन महिना रिलेसनसिपमा बसेपछि खटपट सुरु भयो । कारण थियो– फेसबुकमा केटी साथीसँग युवकको च्याटिङ ।

‘मलाई यौनसम्बन्धका लागि मात्रै उसले प्रयोग गर्‍यो’, महाशाखाका एसपी सुशीलसिंह राठौरसमक्ष गत साता किशोरी भन्दै थिइन्, ‘यसका त धेरै केटी रहेछन् । म विवाह गर्ने योजनाअनुसार रिलेसनमा बसेकी थिएँ तर अब बस्दिनँ ।’ उनको कुरा सुनेपछि युवकले जवाफ फर्काए, ‘मलाई यसले आफ्नो जात ढाँटी । परिवारलाई सम्झाउँछु भन्दा पनि मसँग निहुँ खोज्छे ।’

प्रहरीमा पुग्नुअघि ती युवक र किशोरी छुट्टै बस्न थालेका थिए । अचानक एक दिन युवकले किशोरीको मोबाइलमा अश्लील फोटो पठाए । १६ वर्षकी ती किशोरीले जबर्जस्ती करणी र साइबर अपराधमा मुद्दा दिएकी छन् ।

नुवाकोटका विवाहित युवाले काठमाडौंकी युवतीसँग फेसबुकमा चिनजान गरे । आफू अविवाहित रहेको र राम्री युवती पाए घरजम गरी अस्ट्रेलिया जाने बताए । युवतीलाई विदेशको मोहले तान्यो । असार दोस्रो साता सुन्धारामा भेटे । दुई रात सँगै बिताए । युवक शौच गएका बेला युवतीले उनको मोबाइलमा धेरै युवतीको अश्लील फोटो देखिन् । उनले यसबारे सोध्दा युवकले धम्की दिए, ‘यी फोटा गुगलबाट डाउनलोड गरेको हुँ । बढी बोलिस् भने तेरो पनि फोटो खिचेको छु । सार्वजनिक गरिदिन्छु ।’

युवतीले महाशाखामा उजुरी दिएपछि ती युवक पक्राउ परे । नुवाकोटमा पहिल्यै उजुरी परेको थियो । जिल्ला प्रहरी कार्यालय नुवाकोटको टोली उनलाई लिन महाशाखा पुगेको थियो । प्रहरी अनुसन्धानका अनुसार ती युवकले अर्की दुई युवतीलाई पनि अस्ट्रेलियाको प्रलोभन देखाएर यौनतृष्णा मेटेका थिए ।

यस्तै, गायक एवं मोडल विमल अधिकारीले म्यासेन्जरमा आएको लिंक खोल्न खोज्दा उनको फेसबुक ह्याक भयो । उनी महाशाखाको शरणमा पुगे । साइबर युनिटले अध्ययन गर्दा ह्याकरले ‘फिसिङ’मार्फत फेसबुक ह्याक गरेको पाइएको थियो । कलाकार क्षितिजा शाक्य र सञ्चारकर्मी सविना कार्कीका फेसबुक पनि उसरी नै ह्याक भए । मिस तामाङ रञ्जिता तामाङको फेसबुक पेज ह्याकरले ह्याक गर्‍यो । पेजमा अश्लील भिडियो पोस्ट भयो । त्यसबारे प्रहरीले पत्ता लगायो ।

साइबरसँग सम्बन्धित उजुरी लिएर पीडित प्रहरीमा दैनिक आउँछन् । घटनाको गाम्भीर्य हेरी प्रहरीले सम्झाइबुझाइ गरी पनि पठाउँछ । युवतीको अस्मितासँग गासिएका घटनामा भने मुद्दा चलाइँदै आएको महाशाखाले जनाएको छ । गत आर्थिक वर्ष प्रहरीमा साइबरसम्बन्धी २ हजार २९ उजुरी आएका थिए । सबैभन्दा बढी फेसबुकसँग सम्बन्धित थिए ।

उजुरी गर्न आउने पीडितमा सबैभन्दा बढी २० देखि ३० वर्ष उमेरका युवायुवती छन् । १ हजार ७ सय ४० मध्ये ३९।९२ प्रतिशत अर्थात् ८ सय ९ उजुरी यही उमेर समूहकाले दिएका छन् । त्यसपछि ३० देखि ४० वर्षका व्यक्ति साइबरका उजुरी लिएर महाशाखा पुग्ने गरेका छन् । सबैभन्दा कम ४० देखि ६० वर्ष उमेरका व्यक्ति पीडित देखिएका छन् ।

‘फेसबुक र युट्युबले धेरै विकृति ल्याए । गोपनीयता भन्ने रहेन’, महाशाखा प्रमुख एसएसपी सहकुल थापा भन्छन्, ‘जसलाई जे मन लाग्यो त्यही फेसबुकमा पोस्ट गरिदिने प्रवृत्ति बस्यो ।’ उनका अनुसार किशोरकिशोरीमा देखिएको मोबाइलको लतले साइबर उजुरी आउने क्रम बढेको छ । ‘ फेसबुकमा साथी बन्यो । भेट्यो । सँगै पनि बस्यो । पछि के कुरामा चित्त बुझ्दैन अनि अश्लील फोटो पठायो’, उनी भन्छन्, ‘प्रहरीमा रीतपूर्वकको जाहेरी आएपछि अनुसन्धान गर्नै पर्‍यो । अधिकांश घटनाको निष्कर्षमा केटाकेटी दुवैको गल्ती देखिन्छ ।’ समयमै सामाजिक सञ्जाललाई नियमन गर्न नसके यसले धेरै विकृति ल्याउने उनको बुझाइ छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending