काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदानको ४५ दिनअघि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा तयार पारेर हाल राजनीतिक दल तथा अन्य सरोकारवालासँग राय–सुझाव मागिरहेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आचारसंहितालाई अन्तिम रूप दिन आगामी साता सरकार र राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी भइरहेको छ। “निर्वाचन आचारसंहितालाई अन्तिम रूप दिन सरकार र राजनीतिक दलहरूसँग छलफल गर्न बाँकी छ,” उनले भने, “आगामी साता त्यो छलफल गर्ने तयारीमा छौँ।”
यसअघिका निर्वाचनहरूमा जस्तै यसपटक पनि निर्वाचनको ४५ दिनअघि आचारसंहिता लागू हुने आयोगले जनाएको छ। “सामान्यतया निर्वाचनको ४५ दिनअघिबाट आचारसंहिता लागू हुने प्रचलन छ,” भण्डारीले भने, “यसअनुसार माघको पहिलो सातादेखि आचारसंहिता लागू हुने सम्भावना छ।”
निर्वाचन आयोग ऐन २०७३ को दफा २२ अनुसार निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आचारसंहिता लागू गर्दै आएको छ। आयोगले तोकेको मिति र क्षेत्रमा आचारसंहिता लागू हुनेछ।
आचारसंहिता लागू भएपछि सरकार, राजनीतिक दल तथा उम्मेदवारहरूले विशेष सावधानी अपनाउनुपर्ने हुन्छ। यस अवधिमा सरकारले दैनिक प्रशासनिक कामबाहेक नियुक्ति, सरुवा, बढुवा तथा नीतिगत निर्णय गर्न पाउने छैन।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रारम्भिक मस्यौदामाथि सुझाव आउने क्रम जारी रहेको र प्राप्त सुझावहरूलाई कानुन शाखामार्फत समेट्ने काम भइरहेको बताए। “एक–डेढ महिनाअघि दलहरू तथा सरोकारवालासँग छलफल गरी मस्यौदा सार्वजनिक गरिएको हो,” उनले भने, “अबको केही दिनभित्रै आचारसंहितालाई अन्तिम रूप दिने तयारी छ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - १७:४६
काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...
चैत्र ११ गते, २०८२ - १७:२६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...
चैत्र ११ गते, २०८२ - १७:२०
काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...
चैत्र ११ गते, २०८२ - १७:११
काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...
चैत्र ११ गते, २०८२ - १६:४३
काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...
चैत्र ११ गते, २०८२ - १६:३३
काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...
चैत्र ११ गते, २०८२ - १५:५८
१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने
चैत्र ११ गते, २०८२ - १५:४९
सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...
चैत्र ११ गते, २०८२ - १५:२०
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...
चैत्र ११ गते, २०८२ - १४:४१
काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...


प्रतिकृया लेख्नुहोस्: