काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१ बाट निर्वाचित शर्माले बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा औपचारिक रूपमा आफू निर्वाचन नलड्ने जानकारी गराएका हुन् ।
झापा–१ बाट पुनः सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस भए पनि शर्माले नयाँ पुस्तालाई अवसर दिनुपर्ने भन्दै उम्मेदवार नबन्ने अडान दोहोर्याएका छन् ।
बैठकमा बोल्दै शर्माले झापा क्षेत्रका नेता–कार्यकर्तालाई यसअघि नै उम्मेदवारीका लागि अगाडि आउन आग्रह गरिसकेको स्मरण गराए । ‘हिजो पुस ९ गते झापा पुगेँ । क्षेत्रीय भेलामै उम्मेदवार बन्ने इच्छा भएका साथीहरूलाई दाबी गर्न आग्रह गरेको छु,’ शर्माले भने, ‘एक वर्षअघि २०८१ पुस २१ गते मेचिनगरको धुलाबारीस्थित अतिथि सदनमा पनि म २०८४ को चुनावमा उम्मेदवार नबन्ने स्पष्ट घोषणा गरिसकेको थिएँ ।’
पुनः सर्वसम्मत सिफारिस भए पनि आफूले नयाँलाई अघि बढाउन चाहेको उनले बताए । ‘सर्वसम्मत रूपमा प्रस्ताव भए पनि नयाँ साथीहरूलाई अवसर दिन आफू उम्मेदवार नबन्ने कुरा स्पष्ट गरिसकेको छु,’ उनले भने ।
शर्माले नेपाली राजनीतिमा देखिँदै आएको ‘सधैँ उम्मेदवार बन्ने’ र ‘क्षेत्र कब्जा गर्ने’ प्रवृत्तिको खुलेर आलोचना गरे । ‘जिते पनि हारे पनि क्षेत्र नछोड्ने, एउटा क्षेत्रमा हारे अर्कोमा उम्मेदवार बन्ने, जीवनभर मन्त्री भइरहने सोच हाम्रो राजनीतिको विकृति हो,’ उनले भने, ‘यो प्रवृत्ति तोड्न जरुरी छ ।’
लगातार तीनपटक उम्मेदवार बनेकाले यसपटक आफू पछि हटेर अरूलाई अघि बढाउने निर्णय गरेको शर्माले जानकारी दिए । ‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ,’ उनले भने, ‘यो पटक देशभर पार्टीका उम्मेदवारहरूको पक्षमा पुग्नेछु । चुनावमा अनुहार फेर्नुपर्छ, बढीभन्दा बढी युवा र नयाँलाई अवसर दिनुपर्छ ।’
शर्मा २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–१ बाट ३९ हजार ६२४ मतसहित विजयी भएका थिए । उनले एमालेका अग्निप्रसाद खरेललाई १४ हजार २७५ मतान्तरले पराजित गरेका थिए । यसअघि दुईपटक पराजित भएपछि तेस्रो प्रयासमा शर्मा विजयी भएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - १०:०१
नवलपरासी । मुख्य राजमार्ग क्षेत्रमा यात्रा गर्दा मोबाइल नेटवर्क नटिप्ने समस्याका कारण यात्रुले सास्ती भोग्दै आएको अवस्थामा समाधानका लागि नवलपुरको जङ्ग...
चैत्र ७ गते, २०८२ - ०९:५९
काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले इरानको आणविक सामग्री सुरक्षित गर्ने वा नियन्त्रणमा लिने सम्भावित रणनीतिबारे आन्तरिक प...
चैत्र ७ गते, २०८२ - ०९:५७
काठमाडौं। ११ वर्ष कैद भुक्तान गरी हालै मात्र जेलबाट छुटेका एक व्यक्ति पुनः चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका छन्। ललितपुरको महालक्ष्मी नग...
चैत्र ७ गते, २०८२ - ०९:५५
काठमाडौं। इरानले आफ्ना शत्रुहरूलाई लक्षित गर्दै विश्वभरका पर्यटकीय र मनोरञ्जन स्थलहरूमा प्रतिशोधात्मक आक्रमण विस्तार गर्ने धम्की दिएको छ। अल जजीराक...
चैत्र ७ गते, २०८२ - ०८:५९
काठमाडौं । भारतको बिहार क्षेत्रबाट विकसित वर्षा प्रणाली नेपाल प्रवेश गर्दै बागमती प्रदेशमा प्रभाव पार्ने सम्भावना रहेको मौसमविद्ले बताएक...
चैत्र ७ गते, २०८२ - ०८:५८
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । च...
चैत्र ७ गते, २०८२ - ०८:४३
काठमाडौं। काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार...
चैत्र ७ गते, २०८२ - ०८:४१
बैतडी । बैतडीमा ट्रक दुर्घटना हुदा चार जना घाइते भएका छन् । जयपृथ्वी राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका वडा न ८ ज्याफुमा नेपालगन्जबाट बझाङ जाँदै ग...
चैत्र ७ गते, २०८२ - ०८:३९
बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ । शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य ...
चैत्र ७ गते, २०८२ - ०८:३६
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको जानकारी दिएको छ । हाल मधेस, बागमती, गण...


प्रतिकृया लेख्नुहोस्: