Khabar Dabali १२ चैत्र २०८२ बिहीबार | 26th March, 2026 Thu
Investment bank

जेनजी आन्दोलन संविधानको मर्म सुदृढ बनाउने अवसर : उपराष्ट्रपति यादव

खबरडबली संवाददाता

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको बताएको छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएको हो । 

उपराष्ट्रपति यादवले सो आन्दोलनले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको दाबी समेत गरे। उनले लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि सो आन्दोलनले प्रदान गरेको उल्लेख गरे। 

मुलुकमा परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन आवश्यक रहेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले त्यसमा निजी क्षेत्रले महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने समेत स्पष्ट पारे । उनले सरकार नीतिसँग मेल खानेगरी शैक्षिक गतिविधिलाई अघि बढाउन पनि निजी क्षेत्रका शिक्षालहरुको ध्यानाकर्षण गराए।

उनले भने, 'गत भदौमा जेनजी युवा पुस्ताको आन्दोलनले मुलुकलाई नयाँ मार्ग र दिशा दिएको अवस्था छ । यसले शिक्षण सिकाईलाई विवेकशील, सचेत, राष्ट्रभक्त र जिम्मेवार नागरिक उत्पादन गर्ने दिशामा रुपान्तरण गर्न प्रेरित गरेको छ । लोकतान्त्रिक मूल्य र संविधानको मर्मलाई सुदृढ बनाउने अवसर पनि यसले प्रदान गरेको छ । त्यसैले थप परिमार्जित, रुपान्तरित र सीपयुक्त शिक्षामा जोड दिन जरुरी छ । निजी शिक्षालयहरुले शैक्षिक गुणस्तरमा थप योगदान पुर्‍याउने विश्वास मैले लिएको छु । यसका लागि सरकार नीतिसँग मेल खाने, स्थानीय संस्कृति र मूल्यलाई सम्मान गर्ने पाठयक्रम विकासमा यस संस्थाले सहकार्य गर्दै अघि बढ्नुपर्दछ । शिक्षकलाई निरन्तर तालिम, अनुसन्धान र नवप्रवर्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा योगदान दिनु पर्दछ । समावेशी शिक्षा, समुदायसँग सहकार्य  र राष्ट्र निर्माणमा सक्रिय सहभागिता अपेक्षित छ ।'

उपराष्ट्रपति यादवले मुलुकले अनुसन्धान र नवप्रवद्र्धनमा प्रोत्साहन गर्दै राष्ट्र अनुकूल ज्ञान उत्पादनमा हुने खालको शिक्षामा निजी क्षेत्रको शिक्षालयहरुको योगदानको अपेक्षा गरेको पनि बताए। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रचण्डको बयान: जेन-जी आन्दोलनको भावनालाई समर्थन, हिंसामा संलग्न छैनौं

काठमाडौं। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दलले जेन-जी आन्दोलनको भावनालाई समर्थन गरे पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको बताएका छन्। भदौ...

रविको बयान: भदौ २४ को घटनामा रास्वपा संलग्न छैन, म भागेको होइन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले जाँचबुझ आयोगमा दिएको बयानमा भदौ २४ गते भएको विध्वंसात्मक घटनामा आफ्नो पार्टी स...

कार्की आयोगको सिफारिस: प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीमाथि कारबाही प्रस्ताव

काठमाडौं। गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीमाथि विभागीय कारबाही गर...

सार्वजनिक यातायातको भाडा बढाउन सिफारिस, कहाँ कति बढ्दैछ भाडा ?

काठमाडौं। यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भएको हालैको मूल्यवृद्धिलाई आधार मानी सार्वजनिक यातायातको भाडा वृद्धि गर्न सरकारलाई सिफारिस गरेक...

बालेनको बयान: आन्दोलनमा भएको सम्पूर्ण क्षतिको जिम्मेवारी तत्कालीन सरकार र सहभागी दलले लिनुपर्छ

काठमाडौं। काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र (बालेन) शाहले गत २३ भदौको शान्तिपूर्ण र्यालीमा आफ्नो समर्थन रहेको तर आन्दोलनमा प्रत्यक्ष संलग्न ...

जाँचबुझ आयोगको प्रतिवेदन: ‘भीडन्त’ रोक्न प्रधानमन्त्रीदेखि प्रहरी प्रमुखसम्मले ४ घण्टासम्म कुनै भूमिका नखेलेको निष्कर्ष

काठमाडौं। २३ भदौमा कर्फ्यु जारी हुनुअगावै चार घण्टासम्म प्रदर्शनकारी र सुरक्षा निकायबीच भएको ‘भीडन्त’ रोक्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृह...

बालेन शाहले चैत १३ गते १२:३४ बजे प्रधानमन्त्रीको शपथ लिने

१०८ जना बटुकले स्वस्तिवाचन गर्ने, १६ जना भिक्षुले अष्ठमंगल पाठ गर्ने

इनिसा विक मृत्यु प्रकरण: प्रहरी अनुसन्धान पूरा, प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस

सुर्खेत। नेपाल प्रहरीले १६ वर्षीया बालिका इनिसा विकको मृत्यु प्रकरणको अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ। जिल्ला ...

फागुन २१ गतेको निर्वाचन मानक: प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न गराउने क्रममा निर्वाचन आयोगले कायम गरेको मानक आगामी निर्वाचनमा पनि य...

नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्दै

काठमाडौँ। नेपालका आठ जना क्रिकेटरले एकै पटक वेल्जियमको लिग खेल्ने भएका छन् । आगामी जुन ६ देखि १४ तारिखसम्म वेल्जियकमा हुने युरोपियन टी–२० लिगमा नेप...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: