पाल्पा । रम्भा गाउँपालिकाले दुर्घटनापछिकोे सम्भाव्य जोखिम कम गर्न बालबालिकाको दुर्घटना बीमा कार्यक्रम ल्याएको छ ।
विद्यायल क्षेत्रमा र विद्यालय आवतजावतका क्रममा बालबालिका दुर्घटना हुने क्रम बढ्दो छ । पहाडी भेगका विद्यालयमा बालबालिका पैदलयात्रा गरी अध्ययन गर्न जानुपर्ने बाध्यताका कारण दुर्घटना बढ्दो क्रममा रहेको हो ।
पाल्पाको रम्भा गाउँपालिकाले दुर्घटना बीमा कार्यक्रम सञ्चालन ल्याएपछि बालबालिकाले सहजरूपमा उपचार पाउनका लागि बीमा कार्यक्रम सफल हुने देखिएको छ । बालबालिका दुर्घटना हुँदा अभिभावकमा पैसाका अभावमा ढिलो गरी उपचार गर्नुपर्ने बाध्यता बीमा कार्यक्रमले टार्न सहयोग पुर्याएको हो ।
रम्भा गाउँपालिकाले सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययन गर्ने बालबालिकाको दुर्घटना बीमा सञ्चालनमा ल्याएको छ । बालबालिका दुर्घटनापछि उपचारको अभाव हुने जोखिम कम गर्न बीमा कार्यक्रम ल्याएको हो ।
गाउँपालिकाले प्रतिविद्यार्थी रु १०० लगानीमा बीमा कार्यक्रम कार्यान्वयन ल्याउँदा विद्यार्थी र अभिभावकलाई आर्थिकरूपमा सहयोग हुनेछ । प्रतिविद्यार्थी रु १०० लगानीमा बीमा कार्यक्रममा सहभागी विद्यार्थीले रु १० हजार बराबरको औषधि उपचारको सुविधा अस्पतालबाट पाउनेछन् ।
गाउँपालिकाले चालू आव २०७६÷७७ मा दुर्घटना बीमा कार्यक्रमका लागि रु दुई लाख ५० हजार बराबरको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले आर्थिक अभावमा सामान्य दुर्घटनाका कारण बालबालिकालाई उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ दुर्घटना बीमा कार्यक्रम सञ्चालनमा ल्याएको बताए ।
सामुदायिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत गर्ने बालबालिकाको लागि दुर्घटना बीमा कार्यक्रम लागू गरिएको शिक्षा शाखा प्रमुख काशीराम बस्यालले बताए । गाउँपालिकाले पहिलो चरणमा बालबालिकाको तथ्याङ्क सङ्कलन गर्ने कार्य सम्पन्न गरिसकेको छ । रम्भा गाउँपालिका क्षेत्रभित्रका विद्यालयमा अध्ययनरत ९९९ छात्रा र ८९४ छात्र गरी एक हजार ९९३ बालबालिकाले दुर्घटना बीमाको सुविधा पाउनेछन् ।
रम्भा गाउँपालिकामा ३६ सामुदायिक विद्यालय सञ्चालनमा छन् । माध्यमिक विद्यालय आठ र २५ आधारभूत विद्यालयमा नियमित पठनपाठन हुँदै आएको छ । चालू आव २०७६÷७७ का लागि गाउँपालिकाले कक्षा ५ सम्मका बालबालिकालाई नियमित दिवाखाजा कार्यक्रमका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ । बालबालिका अध्ययनका बेला भोक लागेर छिटो घर फर्केने समस्या बढेपछि गाउँपालिकाले विद्यार्थीलाई नियमित बनाउनका लागि खाजा कार्यक्रम सञ्चालनमा ल्याएको शिक्षा प्रमुख बस्यालको भनाइ छ ।
गाउँपालिकाले चालू आवमा पाँचवर्षे योजना निर्माण गर्नेछ । जसका लागि रु एक लाख बजेटमार्फत योजना निर्माणको काम गर्नेछ । गाउँपालिकाले नमूना विद्यालयका लागि रु चार लाख, कम्प्युटर व्यवस्थापनका लागि रु पाँच लाख, सेनेटरी प्याडका लागि रु एक लाख ५० हजार, गाउँपालिकामा पुस्तकालय स्थापनाका लागि रु एक लाख बजेटमार्फत कार्यक्रम सञ्चालनमा ल्याएको बस्यालले बताए ।
aplly description here...
बैशाख १४ गते, २०७८ - २१:५६
नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...
बैशाख १४ गते, २०७८ - २१:४३
राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...
बैशाख १४ गते, २०७८ - २१:३५
सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...
बैशाख १४ गते, २०७८ - २१:२४
काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...
बैशाख १४ गते, २०७८ - २१:०९
काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...
बैशाख १२ गते, २०७८ - २१:५१
काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...
बैशाख १२ गते, २०७८ - २१:४२
कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...
बैशाख १२ गते, २०७८ - २१:३०
ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...
बैशाख १२ गते, २०७८ - २१:१८
चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...
बैशाख ११ गते, २०७८ - २२:११
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...




प्रतिकृया लेख्नुहोस्: