Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

प्रतिनिधिसभा बैठकः गौहत्या गर्नेलाई हदैसम्मको कारवाही गर्न माग

काठमाडाैं । प्रतिनिधिसभामा प्रधानमन्त्रीको सिङ्गापुरमा भइरहेको उपचार, कृषि ऋण, गौहत्या, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ढिलाइ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, शान्तिसुरक्षा, संविधान संशोधन, स्वास्थ्य सेवामा बेथिति र एनसेल करसम्बन्धी विषयले प्रवेश पाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नेकपाका प्रभु साहले कृषकलाई ऋणको अधिकार छ कि छैन भनी प्रश्न गर्दै बैँकहरुलाई कृषि ऋण प्रवाह प्रतिशत बढाउने नीति बनाउन सरकारलाई सुझाव दिए ।

उनले भने, “साहु महाजनबाट खुलेआममा भइरहेको मिटर ब्याजबाट सर्वसाधारण ठूलो मारमा परेका छन्, कृषिमा आधुनिकरण नभई मुलुकले समृद्धि हासिल गर्न सक्दैन, कृषि ऋण वास्तविक किसानले पाउन सकेका छैनन्, बैंकमा निक्षेप र कर्जा प्रवाहबीच ठूलो अन्तर छ, निक्षेपका आधारमा कर्जा प्रवाह गरेर निष्किय पूँजीलाई सक्रिय तुल्याइयोस् ।”

नेपाली काङ्ग्रेसका डिला सङ्ग्रौलाले दैलेखमा भीरबाट लडाएर गौहत्या गरी चरम क्रूरता प्रदर्शन गर्ने कार्यमा संलग्न अपराधीलाई हदैसम्मको सजाय दिलाउन सरकारसँग माग गरिन् । उनले भनिन् “गाई नेपालको राष्ट्रिय जनावर मात्रै नभई धर्म, संस्कृति, परम्परा र विश्वासको प्रतीकका रुपमा रहेको हुँदा दैलेखको घटना जघन्य अपराध भएकाले निन्दनीय छ, नियोजित ढङ्गले भीरबाट खसाल्ने काम भएको छ, घटनाको छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्न तथा खोटाङमा तलब दिएर कुकुर मार्ने कार्य रोकेर पशु अधिकारवादीको कुरा सरकारले सुन्नुपर्छ ।”

काङ्ग्रेसकै देवेन्द्रराज कँडेलले मानवीय संवेदनशीलता विपरीत दैलेखमा गरिएको गौहत्यालाई जघन्य अपराध भएको संज्ञा दिँदै त्यसमा संलग्नलाई कानूनी दायरामा ल्याएर कारवाही होस् भने ।

राष्ट्रिय जनता पार्टी नेपालका महेन्द्र यादवले आफ्नो दल निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा दृढ र प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले भने, “कुनै दल वा अरु विषयलाई देखाएर विमानस्थल सार्ने काम नहोस्, तर त्यहाँ रहेको महत्वपूर्ण वन नै सखाप पार्ने गरी होइन, कम क्षति हुने गरी अन्त्यन्त न्यून रुख कटान होस् । वातावरण संरक्षणमा सबैको चासो र ध्यान जाओस् ।”

समाजवादी पार्टी नेपालकी रेणुकुमारी यादवले सदनमा संविधान सशोधन, नागरिकता, अत्यावश्यक दैनिक उपभोग्य वस्तुमा भएको मूल्यवृद्धि र भ्रष्टाचारका कुरा उठे पनि सरकारले त्यसलाई बेवास्ता गरेको भनी आपत्ति प्रकट गरे । उनले भने,“तरकारीलगायत दैनिक मूल्य वृद्धिका कारण विद्यार्थीलगायत सर्वसाधारण ठूलो महँगीको चपेटामा परेका छन्, वाइड बडी र सुनकाण्डमा संलग्न अपराधी दण्डित नहुँदा शान्ति सुरक्षा कमजोर भएको तथा सुरक्षा निकाय दल विशेषको भ्रातृ सङ्गठनको रुपमा काम गरिरहेको स्पष्ट हुन्छ ।

नेमकिपाका प्रेम सुवालले श्रम, स्वास्थ्य र शिक्षा मन्त्रालयमा बेथिति भएको भन्दै सुधारका लागि माग गरे। नेकपाकी सुजिता शाक्यले लक्ष्मी प्रतिष्ठानले चितवनको राप्ती नगरपालिकाको चेपाङ समुदायमा शिक्षा, स्वास्थ्यलगायत सिर्जनशील काम गरेको भनी प्रशंसा गरे । सोही पार्टीका शेरबहादुर तामाङले ठूला करदाता कार्यालयलाई अदालतको आदेशअनुरुप एनसेलको कर छिटो उठाउन सुझाव दिँदै यो विषय फेरि संसद्को छानबिनको विषय बनाउने वातावरण नबनाइयोस् भने ।

नेकपाकी पूर्णकुमारी सुवेदीले नेपालगञ्ज विमानस्थललाई विस्तार गरी क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने विषय अब कार्यान्वयन होस् भनिन् । काङ्ग्रेसका सञ्जयकुमार गौतमले बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको भौतिक पूर्वाधार र उपकरणको व्यवस्था भए पनि जनशक्तिको कमी देखाएर लामो समयसम्म सञ्चालनमा नल्याउँदा त्यस क्षेत्रका २५ जिल्लाका सर्वसाधारण उपचारका लागि भारत जानुपर्ने बाध्यता कहिले अन्त्य हुन्छ भनी प्रश्न गरिन् ।

नेकपाका विरोध खतिवडाले स्थानीयवासीको आवश्यकता विपरीत नीतिनियम बनाउँदा निकुञ्ज वरपरका खोलानालामा माछा मारेर जीविकोपार्जन गर्दै आएका बोटेलाई अन्याय भएको बारे सदनलाई जानकारी गराउँदै काठ मिल सञ्चालन सम्बन्धमा गाउँ र नगरमा किन भिन्न मापदण्ड बनाइएको हो भनी प्रश्न गरे।

नेकपाकै सूर्य पाठकले सदनमा उठाइएका जनजीविका प्रश्नको सरकारबाट जवाफ दिने व्यवस्था गरियोस् भन्दै कालीगण्डकीमा बालुवा गिट्टीको नाममा हँुदै आएको दोहन रोक्न सदनको ध्यानाकर्षण गराए ।

नेकपाका राजबहादुर बुढाले प्राकृतिक स्रोतले भरिपूर्ण कर्णाली क्षेत्रमा उद्योगी पुग्नुपर्नेमा चोरी तस्करीको बिगबिगी भएका जानकारी गराउँदै कर्णाली क्षेत्रलाई डम्पिङ क्षेत्र नबनाउन सुझाव दिए । नेकपा नवराज रावतले धर्मको संरक्षण गर्ने भनेर गाई नै चुनाव चिन्ह राखेको राप्रपाका कार्यकता मेयर रहेको उपमहानगरपालिकाले किन गाई लखेटेर भिरबाट लडाउने काम ग¥यो भनी प्रश्न गर्दै उक्त घटनामा संलग्नलाई कारवाहीको माग गरे ।

सोही पार्टीकी नवीना लामाले चिकित्सा शास्त्र अध्ययन संस्थानका आन्दोलनमा रहेका विद्यार्थीका माग सुन्न र भरखरै पारित भएको चिकित्सा शिक्षा नीति विपरीत गरेर काम नगर्न विश्वविद्यालयलाई सुझाव दिइन् ।

नेकपाका यज्ञराज सुनुवारले संविधान जारी भएको तीन वर्ष पूरा हुने अवस्थासम्म आइपुग्दा थुप्रै ऐन कानून सके पनि शिक्षा क्षेत्र भने अझै अस्तव्यस्त भएको प्रति चिन्ता व्यक्त गरे । सोही पार्टीका लीलाराज श्रेष्ठले कमला नदीको तटबन्ध भत्कँदा सिरहाका थुप्रै बस्ती डुबान भई करोडौंँको क्षति भएको जानकारी गराउँदै अव बलियो तटबन्ध बनाउन र पीडितलाई सम्बोधन हुने कार्यक्रम घोषणा गर्न माग गरे ।

नेकपाकै हितबहादुर तामाङले केही दिनअघिको वर्षाका कारण आएको पहिरो र बाढीबाट नुवाकोटको तादीमा चौपाया, बालीनाली र बस्तीमा असर र क्षति पुगेको हुँदा आवश्यक राहत र सहयोग होस् भने । सोही पार्टीका राजेन्द्रप्रसाद गौतमले उहिल्यै मस्यौदा गरिएको सार्वजनिक खरीद अनुगमन ऐन तर्जुमा गर्नुको साटो किन पटक पटक संशोधन गरिएको हो भनी प्रश्न गरे ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending