काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक समीकरण, दल वा अभियानमा नजोडिने स्पष्ट घोषणा गरेका छन् ।
रास्वपा, उज्यालो नेपाल पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, धरानका मेयर हर्क साम्पाङ र श्रम संस्कृति पार्टीसहित वैकल्पिक शक्तिहरू एक ठाउँमा आउने चर्चा चुलिँदै जाँदा हमालको भूमिकाबारे व्यापक चासो थियो । तर मेयर हमालले सबै अड्कलबाजीलाई खारेज गर्दै आफ्नो बाँकी कार्यकालभरि दलीय राजनीतिमा नलाग्ने प्रष्ट पारेका छन् ।
‘धनगढीका नगरबासीले मलाई पाँच वर्षका लागि महत्त्वपूर्ण जिम्मेवारी दिएका छन् । त्यो जनादेश पूरा गर्नु बाहेक अहिले मेरो कुनै अर्को राजनीतिक एजेन्डा छैन,’ हमालले भने, ‘कार्यकाल नसकिँदासम्म कुनै दल, अभियान वा राजनीतिक दौडधुपमा लाग्दिनँ ।’
सामाजिक सञ्जालमा विभिन्न राजनीतिक नेताहरूसँग देखिएका तस्बिरका आधारमा उनको राजनीतिक सक्रियता बढेको अनुमान गरिए पनि हमालले ती भेटघाटलाई शिष्टाचारसम्म सीमित भएको बताए । ‘कसैले भेट्न आउनुहुन्छ, फोटो खिचिन्छ । त्यसलाई राजनीतिक संलग्नता ठान्नु गलत हो,’ उनले स्पष्ट गरे ।
नयाँ दल खोल्ने वा वैकल्पिक शक्तिको नेतृत्व गर्ने सम्भावनाबारे पनि उनले स्पष्ट रूपमा अस्वीकार गरेका छन् । ‘अहिल्यै त्यस्तो कुनै योजना छैन । मेरो प्राथमिकता धनगढीको विकास, सुशासन र सेवा हो,’ उनको भनाइ छ ।
स्वास्थ्य समस्याबारे उठेका प्रश्नमा पनि हमालले आफू नियमित रूपमा काममा सक्रिय रहेको बताए । ‘स्वास्थ्यमा केही समस्या भए पनि काममा कुनै असर परेको छैन,’ उनले भने ।
मेयर हमालको यो स्पष्ट अभिव्यक्तिले वैकल्पिक शक्तिहरूको सम्भावित ध्रुवीकरणमा धनगढी मेयरको सहभागिता रहने अड्कलबाजीमा पूर्णविराम लगाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ७ गते, २०८२ - २१:३२
काठमाडौं। श्रीलंकाले अमेरिकी सैन्य आग्रह अस्वीकार गर्दै आफ्नो भूमिमा युद्धविमान अवतरण गर्न नदिएपछि राष्ट्रपति अनुरा कुमारा दिशानायके अन्तर्राष्ट्रिय च...
चैत्र ७ गते, २०८२ - २१:०७
बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको उद्धार गरिएको छ । बागलुङ र पूर्वी रुकुमको सिमाना पातिहाल्नेमा शुक्रबार रातिदेख...
चैत्र ७ गते, २०८२ - २१:०५
कैलाली । कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोड...
चैत्र ७ गते, २०८२ - १९:५८
गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा सडकबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो करिब २ बजे सदरमुकाम तम्घासदेखि गौशालातर्फ जाने क्र...
चैत्र ७ गते, २०८२ - १९:५६
मुस्ताङ । शुक्रबारदेखि परेको हिमपातका कारण असामान्य बनेको मुस्ताङको जनजीवन शनिबार हिमपात रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । हिमपात लगत्तै उपल्...
चैत्र ७ गते, २०८२ - १९:५५
धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-३ ढोडेस्थित भित्री सडकखण्डमा पिकअप दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्। आइतबार दिउँसो करिब २ बजे गुर्धु...
चैत्र ७ गते, २०८२ - १९:०१
काठमाडौं। २२ दलको एकताबाट निर्वाचनमा सहभागी भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रतिनिधि सभाको चुनावमा अपेक्षित परिणाम ल्याउन असफल भएको छ। पहिलो शक्...
चैत्र ७ गते, २०८२ - १८:५६
काठमाडौं । एम्बुलेन्समा चिनियाँ चुरोटको तस्करी गरेको आरोपमा रसुवा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रसुवाको आमाछोदिङमो गाउँपालिका-...
चैत्र ७ गते, २०८२ - १८:५३
नेपालको कम्युनिस्ट आन्दोलनले भिन्न कालखण्डमा उल्लेख्य उपलब्धि हासिल गरेको इतिहास छ। २०७४ सालको प्रतिनिधिसभा निर्वाचन त्यसको उत्कर्ष थियो। नेपाल कम्युन...
चैत्र ७ गते, २०८२ - १८:४१
काठमाडौं। शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा मौसममा सुधार भएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् विभूति पोखरेलले मौसममा र...


प्रतिकृया लेख्नुहोस्: