Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

खबरडबली संवाददाता

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भावनाबारे प्रारम्भिक छलफल भएको छ । बुधबार ललितपुरको कुपण्डोलस्थित निवासमा भएको पहिलो चरणको वार्ता सकारात्मक रहेको चौधरीले बताएका छन् ।

छलफलमा देशको वर्तमान राजनीतिक संकट, जेनजी आन्दोलनपछिको अवस्था र नयाँ तथा उदयीमान शक्तिहरूलाई एक ठाउँमा ल्याउने विषय मुख्य एजेन्डा बनेको थियो । यद्यपि सहकार्यको ठोस मोडालिटी तय भइनसकेको भन्दै चौधरीले आगामी दिनमा संवाद निरन्तर रहने स्पष्ट पारेका छन् ।

रेशम चौधरीका अनुसार मुलुक गम्भीर संकटमा रहेकाले त्यसको निकास पुराना दलहरूबाट सम्भव नरहेको निष्कर्षमा बालेन र उनी दुवै पुगेका छन् । ‘देश जोगाउने नैतिक दायित्व अब युवा र नयाँ शक्तिहरूको काँधमा आएको छ,’ चौधरीले भने, ‘नयाँ शक्तिहरू एक हुनुपर्छ भन्नेमा बालेन र म स्पष्ट छौं ।’

बालेन शाहलाई ‘स्पष्ट र स्टेट–फरवार्ड नेता’को रूपमा चित्रण गर्दै चौधरीले पुरानो राजनीतिक संस्कृतिले काम नगर्ने निष्कर्षमा बालेन पनि पुगेको बताए । ‘पुरानाबाट अब चल्दैन, हामी नयाँले केही गर्नुपर्छ भन्ने चिन्ता उहाँमा स्पष्ट देखिन्छ,’ उनले भने ।

छलफलमा आगामी निर्वाचनलाई केन्द्रमा राखेर नयाँ शक्तिहरू एकजुट भएर जानुपर्ने विषयमा सहमति बनेको जनाइएको छ । देशभरका युवाहरूको चाहना पनि पुरानाको विकल्प खोज्नु नै भएको निष्कर्ष निकालिएको चौधरीको भनाइ छ ।

हालको अवस्थामा पार्टी एकताभन्दा पनि चुनावी सहकार्यको सम्भावनामा छलफल केन्द्रित भएको उनले बताए । ‘एकताभन्दा पहिले सहकार्यका विषयमा प्रारम्भिक छलफल भयो,’ चौधरीले भने, ‘आगामी दिनमा यसलाई अझ स्पष्ट बनाइनेछ ।’

आफ्नो राजनीतिक पृष्ठभूमि र बालेनको फरक यात्राबीच तालमेल सम्भव रहेको दाबी गर्दै चौधरीले आगामी निर्वाचनमा ‘कसैले नसोचेको परिणाम’ ल्याउने तयारी भइरहेको बताए । जेनजी आन्दोलनपछि दलहरू फुट्ने, जुट्ने र सहकार्यतर्फ जानु नयाँ वैकल्पिक राजनीतिक मोर्चाबन्दीको संकेत भएको उनको ठम्याइ छ ।

नागरिक उन्मुक्ति पार्टीले आगामी निर्वाचनमा १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारी गरिरहेको जानकारी दिँदै चौधरीले विचार मिल्ने नयाँ शक्तिहरूसँग सहकार्यका लागि पार्टी खुला रहेको स्पष्ट पारे ।

बालेन शाह र रेशम चौधरीबीचको यो संवादलाई जेनजी आन्दोलनपछि नयाँ शक्ति एकीकरणतर्फको महत्वपूर्ण राजनीतिक संकेतका रूपमा हेरिएको छ । आगामी दिनमा हुने थप भेटवार्ताले नयाँ ध्रुवीकरणको स्पष्ट रूपरेखा तय गर्ने अपेक्षा गरिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बालेन–रेशम संवाद चुनावी सहकार्यतर्फ : ‘नयाँ शक्तिहरू एक हुनैपर्छ’

काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशम चौधरीबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्यको सम्भ...

अमर्यादित लेखाइ भएका सवारीसाधन नियन्त्रणमा लिन बाँके ट्राफिकको अभियान

नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँकेले सवारीसाधनमा लेखिएका अमर्यादित, असभ्य तथा सामाजिक मर्यादा विपरीतका भनाइहरू हटाउने अभियान सुरु गरेको...

शीतलहर र हिमपातले जनजीवन कष्टकर बन्दा तत्काल सहयोग गर्न प्रचण्डको अपिल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको परिवर्तनका कारण तराई–मधेसमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्र...

कांग्रेस महामन्त्री विश्वप्रकाशले गरे युवालाई अवसर दिँदै चुनाव नलड्ने घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् । २०७९ को निर्वाचनमा झापा–१...

जेनजी आन्दोलनपछिको राजनीति उथलपुथल: चुनाव नजिकिँदै दलहरू एकता र ध्रुवीकरणको होडमा

काठमाडौँ । जेनजी आन्दोलनपछि बदलिएको मुलुकको राजनीतिक परिस्थिती र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै नयाँ तथा पुराना दलह...

प्रतिनिधिसभा निर्वाचन फागुन २१ मै हुन्छ : अर्थमन्त्री खनाल

लहान । अर्थमन्त्री डा. रामेश्वर खनालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुने स्पष्ट पारेका छन् । लहानस्थित रामक...

नेपाली कांग्रेस कार्य सम्पादन समितिको बैठक पुस ११ मा पुनः बस्ने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बसेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा ललितपुरस्थित पार्टीको के...

नेपाली कांग्रेसको ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यता नवीकरण

काठमाडौँ । नेपाली कांग्रेसले हालसम्म ६ लाख ६६ हजारभन्दा बढी क्रियाशील सदस्यताको नवीकरण सम्पन्न भएको जनाएको छ । सदस्यता व्यवस्थापन समितिका सदस्य प्र...

मोरङमा टिपरको ठक्करबाट छोराको मृत्यु, बुबा घाइते

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ मा टिपरको ठक्करबाट स्कुटरलाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । बिहीबार साँझ विराटच...

वैकल्पिक शक्ति ध्रुवीकरणमा गोपाल हमालको स्पष्ट ‘ब्रेक’– “कार्यकालभरि कुनै दल वा अभियानमा लाग्दिनँ”

काठमाडौं । वैकल्पिक राजनीतिक शक्तिहरूबीच एकता र ध्रुवीकरणको बहस तीव्र भइरहेका बेला धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफू कुनै पनि नयाँ राजनीतिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending