काठमाडौं । वन तथा वातावरण मन्त्रालयले कानूनअनुसारको मापदण्ड पालना नगर्ने र प्रदूषण गर्ने दुई दर्जन बढी उद्योग र अस्पताललाई दण्ड जरिवाना गरेको छ ।
मन्त्रालयअन्तर्गतको वातावरण विभागले अनुगमनका क्रममा वातावरण संरक्षण ऐन पालना नभएको, वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति नगराई वा सो विपरीत सञ्चालन गरिएका उद्योग र अस्पताललाई कारवाहीका लागि सिफारिश गरेको थियो ।
त्यस्ता उद्योग र अस्पताललाई वातावरण संरक्षण ऐन, २०५३ अनुसार रु २५ हजारदेखि २० लाखसम्म दण्ड–जरिवाना गरेको मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख यज्ञनाथ दाहालले जानकारी दिए ।
मन्त्रालयले चन्द्रागिरि हिल्स लिमिटेडलाई रु २० लाख, क्रिष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल, गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिसर्ज सेन्टर, काठमाडौँ मेडिकल कलेज, काठमाडौँ भ्याली अस्पताल, अल्का अस्पताल प्रालि, खनाल गिट्टी बालुवा प्रालि तनहँु, चितवन मेडिकल कलेज, चण्डिका डिस्टिलरी प्रालि मोरङ, नोबल हस्पिटल प्रालिलाई जनही रु ९० हजार दण्ड, जरिवाना गरेको छ ।
यसैगरी एसियन थाई फुड प्र्रालि सुनसरी, बाबा भेजिटेवल आयल इण्डष्ट्रिज मोरङ, यति डिस्टिलरी प्रालि चितवन, रिलायन्स स्पिनिङ मिल्स सुनसरी, घोराही सिमेन्ट इण्डष्ट्रिज प्रालि दाङ, प्रिमियर वायर्स प्रालि मोरङ, क्वालिटी थाई फुड्स प्रालि मोरङ, ओम प्लाइउड इण्डष्ट्रिज नेपालगञ्ज, प्रगति टेक्सटाइल्स इण्डष्ट्रिज प्रालि सुनसरी र केपी सिमेन्ट उद्योग धादिङलाई पनि जनही रु ९० हजार दण्ड जरिवाना गरिएको छ ।
त्यस्तै आयुर्वेद चिकित्सालय नरदेवी, एभरेष्ट हस्पिटल प्रालि, नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज, परोपकारी प्रसूति तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्राफिकल तथा सरुवा रोग अस्पताल, नेपाल आँखा अस्पताल, क्वालिटी ग्रिल तथा क्रसर उद्योग तनहँुलाई पनि मापदण्ड पालना नगरेको र प्रदूषण गरेको भन्दै मन्त्रालयले दण्ड जरिवाना गरेको जनाएको छ ।
यस्ता उद्योग र अस्पताललाई दुई प्रकारको कारवाही गरिएको छ । एकथरिलाई वातावरण संरक्षण ऐनको २०५३ को दफा ७ को उपदफा १ विपरीत प्रदूषण गरेको पाइएकाले सोही ऐेनको दफा १८ को उपदफा २ अनुसार जरिवाना गरिएको छ । अर्को वातावरणीय प्रभाव मूल्याङ्कन ९इआइए० स्वीकृत नगराई वा इआइएविपरीत सञ्चालनमा रहेका उद्योग र अस्पताललाई ऐनमा १८ को १ अनुसार कारवाही गरिएको हो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: