Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

हृदयेश त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र ?

काठमाडौँ । उनी सूर्य चिहनबाट चुनाव लडे । संसद्‌मा उनी सत्तापक्षकै लहरमा बस्छन् । सिंहरबारस्थित नेकपा संसदीय दलको कार्यालय भवनमा उनको छुट्टै कोठा छ । उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न छ, सांसद हृदयेश त्रिपाठी सत्तापक्षीय हुन् वा स्वतन्त्र रु

आजको कान्तिपुर दैनिकमा खबर छ - कानुनका आधारमा सांसद त्रिपाठी ‘नेकपा सांसद’ हुन् । तर उनी स्वयम् भने आफूलाई त्यसो भन्न रुचाउन्नन् । उनले खल्तीबाट परिचयपत्र निकाले र देखाए । अनि भने, ‘म स्वतन्त्र सांसद हुँ ।’ संघीय संसद् सचिवालयद्वारा जारी त्रिपाठीको परिचयपत्रमा ‘दलीय संलग्नता स् स्वतन्त्र’ लेखिएको छ ।

‘प्राविधिक रूपमा म सत्तापक्षको सांसद हुँ । तर वास्तविक रूपमा स्वतन्त्र सांसद हुँ,’ उनले कान्तिपुरसँग भने, ‘बृजेशकुमार गुप्ता र म एमालेको चिहन सूर्य लिएर जितेका दुई स्वतन्त्र सांसद हौं ।’

उनीहरूको कार्यकक्षबाहिर ढोका छेउमै छुट्टाछुट्टै झुन्ड्याइएको ‘नेम प्लेट’ मा दुवै जनाको नामसहित पदमा ‘प्रतिनिधिसभा सदस्य’ लेखिएको छ । दुवै नेम प्लेटमा माथि हृदयेश त्रिपाठीको र तल बृजेशकुमार गुप्ताको नामपद छ । तत्कालीन एमालेसँग ०७४ असोज १६ गते भएको सहमतिअनुसार त्रिपाठी र गुप्तासहित ५ जना स्वतन्त्र राजनीतिक समूहबाट उठेका थिए, जसमा ३ जना पराजित भए । ‘हो, अहिले पनि म त्यही स्वतन्त्र राजनीतिक समूहमा छु,’ त्रिपाठीले भने, ‘पहिला पद्मरत्न तुलाधर जसरी स्वतन्त्र हुनुहुन्थ्यो, अहिले म पनि त्यसरी नै स्वतन्त्र छु ।’

२०७४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा त्रिपाठी नवलपरासी ९पश्चिम० १ र गुप्ता कपिलवस्तु २ बाट सूर्य चुनाव चिहन लिँदै तत्कालीन एमालेबाट उठेर निर्वाचित भएका हुन् । चुनावमा स्वतन्त्र रूपमा उठेर जित्ने एक मात्र सांसद भने छक्कबहादुर लामा ९हुम्ला १० बाहेक अरू छैनन् । निर्वाचनको थ्रेस होल्डअनुसार खसेको मतको ३ प्रतिशत मत नल्याउने दलका सांसदको हैसियत पनि स्वतन्त्र छ, राष्ट्रिय जनमोर्चा, राप्रपा र नेमकिपाको । संसद्मा प्रतिनिधित्व गर्ने दलमा नेकपा, कांग्रेस, राजपा र संघीय समाजवादी फोरमसहित चार दल छन् ।

नेकपा संसदीय दलको कार्यालयमै कोठा पाउनुभएको रहेछ भन्ने जिज्ञासामा त्रिपाठीले ‘होइन, होइन, यो संसद् सचिवालयले उपलब्ध गराएको कोठा हो’ भन्दै छोटकरीमा जवाफ दिए । उनको कार्यकक्षमा टेबल, कुर्सी, सोफा, पंखा र टेलिफोन छ । त्रिपाठीको कार्यकक्षमा प्रवेश गर्न नेकपाको कार्यालयतिरबाट छिर्नुपर्छ । ‘पहिला ढोका उता (राजपाको कार्यालयतिर देखाउँदै) थियो तर पछि उनीहरूले विरोध जनाएपछि त्यो थुनेर यता (नेकपातिर) बनाइएको हो,’ त्रिपाठीले सुनाए । माओवादी र एमालेबीच २०७५ जेठ ३ मा एकता भएपछि त्रिपाठी स्वतः नेकपा सांसद बनेका हुन् ।

०४८ देखि ६ पटक भएको प्रतिनिधिर संविधानसभाको चुनावमा उनी ५ पटक सांसदमा विजयी जनप्रतिनिधि हुन् । यसअघि उनी राजपा, तमलोपा र सद्भावना पार्टीको हेराफेरीमा थिए । पछि ती दलबाट विजयी हुने छाँट नदेखेपछि तत्कालीन एमाले गठबन्धनमा उनी मिसिन चाहे ।

संसद् र संसदीय समितिमा पनि सांसद त्रिपाठी सत्तारूढ दलको पक्ष र विपक्ष दुवैतिर बोल्छन् । तीन पटक मन्त्री र एक पटक सार्वजनिक लेखा समिति सभापति भएका त्रिपाठी हाल प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सदस्य हुन् । ‘खाने बेलामा भने कांग्रेस र नेकपा दुवैले राष्ट्रिय सहमति गर्छन्,’ सत्ता–विपक्षी दुवैतर्फ तीर लाग्ने गरी त्रिपाठीले बोले, ‘जस्तो वाइडबडी काण्ड हेर्नुस् न ।’

कहिलेकाहीँ तपाईं नेकपा प्रवेश गर्ने हल्ला पनि चल्छ नि भन्ने प्रश्नमा उनले भने, ‘हल्ला त चलिरहन्छ, प्रवेश गर्ने सोचेको छैन । बरु दुई सातापछि हामीले राजधानीमा स्वतन्त्र राजनीतिक समूहको भेला गर्दै छौं ।’

‘भेला पार्टी प्रवेश गर्नका लागि हो कि ?’
उक्त समूहको संयोजक रहेका त्रिपाठीले भने, ‘स्वतन्त्र समूह पनि एउटा पार्टी जस्तै हो नि । समसामयिक विषयमा छलफल गर्न बोलाएका छौं, पार्टी प्रवेश गर्न होइन ।’

‘संसद्मा नेकपाको ह्वीप लाग्ने अवस्था आइपर्‍यो भने के गर्नुहुन्छ?’
‘अहिलेसम्म सामान्य बहुमतकै विषय छ, दुई तिहाइको विषय नभएकाले ह्वीपको कुरा उठेको छैन । त्यस्तो अवस्था आएछ भने
ह्वीप मान्नेरनमान्ने मेरो कुरा हो, मेरै विरुद्ध भयो भने त ह्वीप मान्दिनँ ।’

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending