Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रधानमन्त्रीको ‘एन्टिबडी’ नष्ट गरिँदै

विज्ञ भन्छन्– प्लाज्मा फेरेसिस सफल भए एक–डेढ दशक सक्रिय हुन गाह्रो हुन्न सफल नभए कि डायलासिस, कि पुनः प्रत्यारोपण

काठमाडौं । उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै हुनेछु। मरिगए हुन्थ्यो भन्ने चाहनेहरू अर्को चुनाव सामना गर्न तयार हुनुहोस्।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ। मिर्गौला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ। प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरूको आकलन छ।

आजको अन्नपुर्णमा खबर छ ( प्रधानमन्त्रीज्यू प्लाज्मा फेरेसिसबाट ठीक हुनुभए एक–डेढ दशक राजनीतिक मैदानमा क्रियाशील रहन गाह्रो हुन्न’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। ऋषिकुमार काफ्लेले भने, ‘फेरेसिस सफल भएन भने डायलासिस वा पुनः प्रत्यारोपणमा जानुपर्ने हुन्छ। यो अपनाउँदा पनि कम्तीमा एक दशक सक्रिय हुन बाधा पुग्दैन।’

प्रधानमन्त्री ओलीको शरीरमा बढेको मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा। दिलीप शर्माका अनुसार शुक्रबार र आइतबार दुईपटक फेरेसिस गरिएको छ। उनको स्वास्थ्य परीक्षण अवस्थाबारे जानकारी गराउँदै आइतबार बिहान प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विट गरेका छन्, ‘प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रकृया गत शुक्रबारबाट नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा सुरु गरिएको छ। निजी चिकित्सक प्रा।डा। दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ। उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।’

यो सन्देशलगत्तै देश–विदेशका नेपालीले प्लाज्मा फेरेसिस के हो भनेर ‘सर्च’ गरेका थिए। पहुँच हुनेले चिकित्सकसँग सोधीखोजी गरेका थिए। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको शरीरमा एन्टिबडी बढेको अवस्थामा संक्रमण हुने सम्भावना भएकाले त्यसका लागि अपनाइने उपचार पद्धति नै प्लाज्मा फेरेसिस हो। ‘रगतमा कोष र प्लाज्मा हुन्छन्। प्लाज्मा झोलयुक्त पदार्थ हो। यसमा एन्टिबडी हुन्छ। रगतमा भएको एन्टिबडी झिकेर अर्को ताजा प्लाज्मा राख्ने कार्य नै प्लाज्मा फेरेसिस हो’, डा। काफ्लेले भने, प्लाज्मा एक्सचेन्ज गरेपछि एन्टिबडीको मात्रा घटछ।’

एन्टिबडीले मिर्गौलालाई अप्ठ्यारो पार्ने वा बिगार्ने भएकाले एन्टिबडी झिक्नेबित्तिकै मिर्गौलाले सक्रिय रूपमा काम गर्न थालिहाल्छ। अंग प्रत्यारोपण केन्द्र भक्तपुरकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। कल्पना श्रेष्ठका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलालाई समस्या पार्ने गरी बढेको एन्टिबडी निकालेर फाल्ने उपचार विधि नै प्लाज्मा फेरेसिस हो। एन्टिबडी बढ्दै गए प्रत्यारोपण गरिएको मिर्गौला खराब हुँदै जान्छ।

यो उपचारमा एन्टिबडी मात्राअनुसार उपचार समय लाग्छ। एन्टिबडी नष्ट गर्ने परिमाणका आधारमा हरेक पटक एकदेखि दुई घण्टासम्म मेसिन उपयोग गरिन्छ। कम्तीमा पाँच सेसनमा यसले सफल हुने÷नहुने परिणाम दिन्छ। एन्टिबडी धेरै भएको खण्डमा १०–१२ पटकसम्म गर्नुपर्ने हुन सक्ने डा। श्रेष्ठले बताइन्।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा। काफ्लेले निको हुने सम्भावना बढी देखेर त्यहाँका चिकित्सकले प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस अपनाएको हुन सक्ने बताए। उनका अनुसार प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले अर्कैको रूपमा चिन्न थालेपछि एन्टिबडी बनाउँछ। फेरेसिसबाट स्वस्थ जीवन बिताइरहेका धेरै व्यक्ति छन्।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। सिंगापुरस्थित उक्त अस्पतालमा यसअघि साउन १८ देखि २७ गतेसम्म उनको उपचार गरिएको थियो। उनी देश फर्किएर थप उपचार आवश्यक ठहरिएपछि पुनः सिंगापुर गएका हुन्। यसबीच उनले ठूला राजनीतिक निर्णय पार लगाएका थिए।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ शाहले सिंगापुरका विज्ञको साथमा उपचार प्रक्रियामा ध्यान दिइरहेकी छन्। सातदेखि १० दिनभित्र स्वदेश फर्किने योजना बनाए पनि उपचार प्रक्रिया लम्बिन सक्ने जनाइएको छ। एक दिन बिराएर सातपटकसम्म प्लाज्मा फेरेसिस गर्नुपर्ने चिकित्सकले बताएका छन्।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending