Khabar Dabali २० बैशाख २०८३ आईतवार | 3rd May, 2026 Sun

दाङका ३५ वडा बाढीको उच्च जोखिममा

दाङ । दाङमा पहिरोको जोखिम त्यति धेरै नभए पनि बाढीको जोखिम भने अत्यधिक रहेको छ । पूर्वदेखि पश्चिमसम्म सबै ठाउँ बाढीको जोखिममा छ । अघिल्ला वर्षमा खेतवारीसँगै घर बगाएपछि यहाँका स्थानीय निकायसँगै प्रशासनसमेत क्षेत्रसमेत सचेत बनेको देखिन्छ ।

दाङका १०० वडामध्ये ३५ वडा बढी जोखिमपूर्ण वडाका रुपमा घोषणा गरिएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार विशेषगरी बबई र राप्ती नदी आसपासका गाउँ बढी जोखिममा छन् । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार चालू आर्थिक वर्षमा जोखिम भनिएका ३५ वडामध्ये १५ वडामा जोखिमको पूर्वसूचना दिने साइरन प्रणाली जडान गरिँदैछ । प्रशासनको हाताभित्र जोखिमको अवस्था बुझ्न डिजिटल सूचना बोर्डको जडानसमेत गरिएको छ ।

जिल्लामा जुनसुकै प्रकारको जोखिम आए पनि खोज तथा उद्धारका लागि आफूहरु तयारी अवस्थामा रहेको प्रजिअ रिजालले बताए। अहिले प्रशासनसँग जोखिममा परेमा तत्काल राहत, सुरक्षित आश्रय, लत्ताकपडा आदिको तयारी रहेको उनले बताए। “अहिले हामीसँग तत्काल राहतका लागि रु तीन करोड बचत छ”, उनले भने, “स्थानीय निकायले पनि रु १० लाखदेखि रु एक करोडसम्म विपद् व्यवस्थापनमा छुट्याएका छन् ।”

घोराही उपमहानगरपालिकामा समेत विपद्को पूर्वसूचना प्रणाली, तयारी एवं विपद् जोखिम न्यूनीकरण तथा उद्धार तथा राहतका लागि रु एक करोड ३४ लाख छुट्याएको छ । उपमहानगरका विपद् व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले विपद्का लागि छुट्याइएको रकम विपद्मा परेकाकै लागि खर्च गरिने बताए । उनले आगामी आर्थिक वर्षमा उद्धारका लागि मानवीय जनशक्तिसमेत तयार पारिने जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending