Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

प्रणाली नै उल्ट्याउँछु भनेर नहौसिए हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले सरकारको आलोचनाको नाममा प्रणाली नै उल्टाउँछु भन्ने सपना नदेख्न चेतावनी दिएका छन् । आइतबार प्रतिनिधि सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता तत्वहरुको गतिविधि सरकारलाई स्वीकार्य नहुने उद्दोष गरे ।

‘सरकारका आलोचनाका नाममा प्रणाली नै उल्ट्याउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्विकार गर्छु भन्ने कुराहरु अहिलेको सरकारलाई मान्य हुन सक्दैन् । म खुलस्त भन्न चाहन्छु, संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको शासन विरोधी क्रियाकलापहरु सरकारको उदारता र सहिस्णुताबाट त्यस्ता क्रियाकलाप गर्ने तत्वहरु नहौसिए हुने हो ।’ ओलीले भने ।

उनले राजतन्त्र फर्काउँछौं भन्ने बेमौसमको बाजा नबजाउन पनि चेतावनी दिएका छन् । ओलीले चिहानमा गएर हड्डी फुकेर राजसंस्था फर्काउँछु भन्ने परिकल्पना नगर्न चेतावनी दिए । उनले त्यस्ता कदमविरुद्ध आवश्यक परे कठोर कदम चाल्न सरकार पछि नहट्ने बताए ।

प्रधानमन्त्री ओलीले अरुले ल्याईदिएको व्यवस्था नभएको भन्दै सरकार आफुँले ल्याएको व्यवस्था सुद्धढ गर्न कटिबद्ध रहेको बताए । ‘अरुले ल्याएर दिएर होइन लोकतन्त्र ल्याउन लडेको छ, म भन्न चाहन्छु कोही भन्दा कम त्याग तपस्या बलिदान र योगदान गरेर यस पार्टीले जनसमर्थन प्राप्त गरेको होइन् ।’ ओलीले भने, ‘यसको उद्देश्य नै लोकतन्त्रको सुरक्षा, संरक्षण र सम्बद्धन हो गर्नु हो । लोकतन्त्रलाई सुद्धढ गर्नु हो । लोकतन्त्रलाई सुद्धढ गर्ने बाटो भन्दा वरपर जान सक्दैन् ।’

सरकार ‘फ्रस्टेशन’बाट बनेको होइन्
प्रधानमन्त्री ओलीले आफूहरुको संघर्ष र बलिदान, सही नीतिहरु हेरेर लोकतान्त्रिक विधिबाट जनताले बनाएको सरकार भएको बताए। \'एउटा ह्विममा, तत्कालीन सेन्टिमेन्ट टेकेर बनेको सरकार होइन\', उनले भने, \'संघर्ष र बलिदान, सही नीतिहरु हेरेर लोकतान्त्रिक विधिबाट बनेको सरकारको हो।\'

प्रधानमन्त्री ओलीले विरोधीहरुले सकारको लोकतान्त्रिक प्रतिवद्धताप्रति भ्रम फैलाएको आरोप पनि लगाए। \'कहिलेकहिले यहाँ सरकारको लोकतन्त्रप्रतिको निष्ठाप्रति भ्रम फैलाउने काम भएको छ। यो हाम्रो विरोधीहरुले चलाउने हल्ला हो\', उनले भने।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies