Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

खबरडबली संवाददाता
काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन्छ”—लोकतन्त्रको आधारभूत सत्यलाई उजागर गर्छ। नेपालमा हालै सम्पन्न निर्वाचन परिणामलाई पनि त्यही सन्दर्भमा हेरिएको छ ।
जनमतको बलमा बालेन्द्र शाह ‘बालेन’ नेपालको ४३औँ प्रधानमन्त्री बनेका छन्। करिब २६ वर्षपछि एकल बहुमतसहित सरकार गठन भएको छ। लामो अस्थिरता र सत्तासंघर्षपछि जनअपेक्षा पुनः मुखरित भएको देखिन्छ।
 
लोकतन्त्रमा जनताले आफ्नो शक्ति मतमार्फत प्रतिनिधिलाई सुम्पन्छन्। यसपटक त्यो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेनलाई हस्तान्तरण गरिएको छ। जनमत शासनका लागि नभई सेवाका लागि प्रयोग हुनुपर्नेमा जनताको अपेक्षा केन्द्रित छ।
सरकारप्रति जनताको अपेक्षा स्वाभाविक हो। ती अपेक्षाको सम्बोधनकै आधारमा सरकारको मूल्यांकन हुनेछ। परम्परागत दलहरूको कमजोरीको पृष्ठभूमिमा उभिएको रास्वपाले अबकाममार्फत आफ्नो उचाइ प्रमाणित गर्नुपर्नेछ।
 
प्रधानमन्त्रीले शीतल निवासमा संविधानप्रति प्रतिबद्धता व्यक्त गर्दै शपथ लिएका छन्। त्यसअनुसार उनको कार्यदिशा संवैधानिक दायराभित्र रहनुपर्नेछ। एकल बहुमतले सुशासन र सुधारका लागि आवश्यक आधार प्रदान गरेको छ, यद्यपि दीर्घकालीन नीतिगत परिवर्तनका लागि राजनीतिक सहकार्य अपरिहार्य रहनेछ।
 
नयाँ मन्त्रिपरिषद् अघिल्ला सरकारको तुलनामा बढी समावेशी देखिएको छ। पाँच महिला मन्त्रीसहित ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनु सकारात्मक संकेतका रूपमा लिइएको छ। यद्यपि समावेशिताको दायरा अझ विस्तार गर्ने आवश्यकता औँल्याइएको छ।
 
चुनावी अभियानमा शिक्षा र स्वास्थ्यलाई राज्यको दायित्व बनाउने प्रतिबद्धता दोहोरिएको थियो। विपन्न नागरिकले आधारभूत सेवा सहज रूपमा पाउनुपर्ने विषय अहिले पनि प्रमुख एजेन्डामा छ। शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको निजीकरण र खर्चको बोझ घटाउने ठोस नीति अपेक्षित छ।
 
जनगणना २०७८ अनुसार करिब २२ लाख नेपाली विदेशमा छन्। अनौपचारिक अनुमान जोड्दा यो संख्या ७० लाखभन्दा बढी पुग्ने बताइन्छ। रेमिट्यान्स अर्थतन्त्रको प्रमुख आधार बनेको भए पनि रोजगारीको अभावले देश छाड्नुपर्ने अवस्था चुनौतीपूर्ण छ। स्वदेशमै अवसर सिर्जना, आर्थिक पुनर्संरचना र उत्पादनमुखी नीतिमार्फत युवालाई आकर्षित गर्नुपर्ने आवश्यकता दोहोरिएको छ।
 
प्रधानमन्त्री बालेनको अनुभव स्थानीय तहको नेतृत्वसँग जोडिएको छ। अब संघीय सरकारको नेतृत्वमा रहँदा देशभरका हजारौँ वडाको अपेक्षा सम्बोधन गर्नुपर्ने दायित्व थपिएको छ। संघीयताको प्रभावकारी कार्यान्वयन र शक्ति विकेन्द्रीकरणमार्फत समविकास सुनिश्चित गर्ने जिम्मेवारी सरकारसामु छ । संसदमा रास्वपाका १८२ सांसद रहेका छन्। अपेक्षाको सूची लामो भए पनि जनमतको सन्देश स्पष्ट देखिन्छ—सबै काम होइन, थालेका र सम्भव काममा केन्द्रित हुनु। सीमित तर प्रभावकारी सुधारमार्फत सरकारको विश्वसनीयता कायम राख्नु नै पाँच वर्षे कार्यकालको प्रमुख परीक्षा हुनेछ।
Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

झुप्रा खोलाबाट सिंहदरबारसम्म: गिटी कुट्दै हुर्काएकी छोरी मन्त्री बन्दा आमाबुवाको आशा

काठमाडौं। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीका रूपमा सीता वादीले शपथ लिँदै गर्दा सुर्खेतको झुप्रा खोलामा भने फरक दृश्य थियो। त्यहाँ उनकी आमा ...

युवाको उदय : सत्तामा पुस्तान्तरणको ऐतिहासिक क्षण

काठमाडौँ। बालेन्द्र साह ‘बालेन’ मुलुकको ४३औँ प्रधानमन्त्री नियुक्त भएसँगै विशेषगरी युवा पुस्तामा उत्साह देखिएको छ। शीतल निवासमा सम्पन्न शपथ समारोह, सि...

कार्की आयोगको प्रतिवेदन खारेज गर्न एमालेको माग, ‘प्रतिशोधपूर्ण निर्णय फिर्ता गर’

काठमाडौँ। नेकपा एमालेका महासचिव शंकर पोखरेल ले कार्की आयोगको प्रतिवेदन खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “कार्की आयोगको पूर्वाग्रही ...

सबै होइन, सक्ने काममा केन्द्रित होस् बालेन सरकार

काठमाडौँ। नागरिक शक्तिको प्रभावबारे सन् २०११ मा इजिप्टको आन्दोलनका अभियन्ता वायल गोनिमले दिएको भनाइ—“जनताको शक्ति सत्तामा रहेका व्यक्तिभन्दा बलियो हुन...

प्रतिवेदन पढेपछि हर्क सामपाङले भनेः 'सिंहदरबार कसले जलाएको रैछ ? जलाउनेलाई कारबाही हुनुपर्छ'

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...

राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भनिन्- जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गरोस्

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...

कपिलवस्तु घटनामा थप चार जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...

यो युग तिम्रै आर्जन हो !

निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...

रौतहटमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु

रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending