पोर्चुगल । नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र र सङ्घीयतालाई संस्थागत गरेर अघि बढ्नुपर्ने बताएका छन् । नेपाली जनसम्पर्क समिति पोर्चुगलको १०औँ वार्षिक साधारणसभामा लिस्बनमा सोमबार प्रवक्ता शर्माले लोकतन्त्र र सङ्घीयताको संस्थागत गर्नु नै काङ्ग्रेसको मुख्य एजेण्डा भएको बताए ।
काङ्ग्रेसले लिएको विचार, बाटो र संसदीय व्यवस्थाबाट मात्रै देश अगाडि बढ्न सक्ने उनको भनाइ थियो । साझारूपमा प्राप्त भएका उपलब्धिलाई संस्थागत गर्दै बाँकी रहेका कार्यभार पनि साझारूपमै हल गर्नुपर्नेमा उनको जोड थियो । “सत्ताप्राप्ति अधिनायकवाद र बल प्रयोगबाट होइन, लोकतन्त्रको बाटोबाट रूपान्तरित भएर आउनुपर्छ”, शर्माले भने । राजनीतिलाई राम्रो बनाउनुपर्ने जोड दिँदै नेता शर्माले राजनीतिक रूपान्तरण नै अबको साझा दायित्व भएको बताए ।
मधेसका मुद्दा, जनजातिका मुद्दा र नेत्रविक्रम चन्द समूहको विद्रोहलाई सम्बोधन गर्न कम्युनिष्ट पार्टी र सरकार सच्चिनुपर्ने उनको धारणा थियो । देशमा देखापरेका राजनीतिक मुद्दालाई समाधान गर्न काङ्ग्रेसले सरकारलाई सहयोग गर्न चाहेको उल्लेख गर्दै शर्माले कम्युनिष्ट सरकारलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न आग्रहसमेत गरे ।
देश निर्माणमा प्रवासी नेपालीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नेता शर्माले संविधानले व्यवस्था गरेबमोजिम प्रवासी नेपालीलाई नागरिकताको व्यवस्था गरिने बताए। ‘विदेशबाट पठाएको नोट चल्ने तर, भोटचाहिँ किन नचल्ने रु’ प्रश्न गर्दै शर्माले मताधिकार र सम्पत्तिको स्वामित्वसहितको नागरिकताका लागि काङ्ग्रेसले पहल गर्ने बताए ।
नेपाली नागरिक हुनुमा गौरव मान्नुपर्ने धारणा राख्दै शर्माले भौतिक विकास र निर्माणसँगसँगै नेपाली–नेपालीबीचको भावनात्मक एकतालाई पनि गाँस्नुपर्ने धारणा राखे । कार्यक्रममा नेपाल तरुण दलका महासचिव भुेन्द्रजङ्ग शाहीले सरकार चौतर्फीरूपमा असफल भएको बताए ।
समितिका सभापति विनोद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विपी अध्ययन प्रतिष्ठान युरोपका रञ्जन ओझा, ट्रेड युनियन काङ्ग्रेसका तीर्थ खनाल, पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्कीलगायतले बोलेका थिए ।
विश्व शान्तिको कामना गर्दै जलधारा महायज्ञ
विश्व शान्तिको कामना गर्दै युरोपेली मुलुक पोर्चुगलमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको छ । द टु«थ लभ अफ लिभिङ फाउण्डेशनको आयोजना तथा सत्य सनातन धर्मका प्रवद्र्धक एक नेपाली योगीको पहलमा सोमबार राजधानी लिस्बनको अल्जेसस्थित समुद्री किनारमा वेदान्तिक जलधारा महायज्ञ सम्पन्न भएको हो ।
महायज्ञमा विधि विधानसहित मन्त्रोचारण गर्दै ऋग्वेदको पाठ, देवीदेउताको पूजा, पृथ्वी, जल, वायु, आकाशलगायत विश्व शान्तिको कामना गरिएको योगी श्रीओम सूर्य शिवले राससलाई जानकारी दिए। विश्वमा सत्य सनातन धर्मको प्रचारप्रसार गर्ने तथा आध्यात्मिक र शुद्ध ज्ञान प्रवाह गर्ने उद्देश्यले जलधारा महायज्ञको आयोजना गरिएको योगी श्रीओम सूर्य शिवले बताए । महायज्ञमा वेद्धान्तिक ज्ञान, शुद्धज्ञान र आत्मज्ञानलगायतका विषयमा आध्यात्मिक तथा धार्मिक प्रवचनसमेत दिइएको उनले बताए । यस्तै जनैपूर्णिमाको अवसर पारेर विहीबारका दिन लिस्बनको आन्जुसमा शिव पूजा, पाञ्चायन पूजा, जनै प्राण प्रतिष्ठा गरिने र भक्तजनलाई जनै लगाइदिने तथा प्रसाद वितरणको कार्यक्रम रहेको उनले जानकारी दिए ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...


प्रतिकृया लेख्नुहोस्: