Khabar Dabali २७ फाल्गुन २०८२ बुधबार | 11th March, 2026 Wed
Investment bank

सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुष ह्वात्तै बढे

भद्रपुर । देवानी संहिता २०७५ लागू भएपछि झापा जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने पुरुषको सङ्ख्या बढेको छ । २०७५ भदौ १ गतेदेखि लागू भएको देवानी संहितापछि जिल्ला अदालतमा ३०४ वटा सम्बन्धविच्छेदका मुद्दा पुरुषले दर्ता गराएको तथ्याङ्कले देखाएको छ ।

देवानी संहिता लागू भएपछिको ११ महीनाको अवधिमा मात्र सम्बन्धविच्छेदका ८१८ मुद्दा दर्ता भएको अदालतको तथ्याङ्कमा छ । महिलातर्फ ५१४ र पुरुषले ३०४ मुद्दा दर्ता गराएको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले बताए। उनका अनुसार गत आर्थिक वर्ष २०७५÷७६ मा पुरुषको तर्फबाट सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्न पाउने कानूनी प्रावधानपछि महिलाकै हाराहारीमा पुरुषको तर्फबाट मुद्दा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ ।

गत आव २०७४÷७५ बाट जिम्मेवारी सरेर आएकासमेत गरी आव २०७५÷७६ मा चार हजार ६६५ वटा विभिन्न प्रकारका मुद्दा दर्ता भएका थिए । दर्ता भएकामध्ये दुई हजार ६८३ मुद्दा फैसला भइसकेका छन् । सम्बन्धविच्छेदका मात्र ४०३ वटा मुद्दा फछ्र्योट भइसकेको अदालतका श्रेस्तेदार खनालले बताए ।

सम्बन्धविच्छेद मुद्दामा अहिलेको नयाँ कानूनी व्यवस्थाले एकतर्फी वा दुवै पक्ष मुद्दामा उपस्थित नभएका मुद्दालाई एक वर्षसम्म नटुङ्गिने भएकाले सकेसम्म दुवै पक्ष मिलेर जाउन भन्ने उद्देश्यले सम्बन्धविच्छेदको हकमा ८० प्रतिशत मुद्दा मेलमिलापबाट नै टुङ्गो लगाइएको उनको भनाइ छ ।

वैदेशिक रोजगारीका कारण सम्बन्धविच्छेदका मुद्दा बढी आउने गरेको वरिष्ठ अधिवक्ता तथा झापा बार एकाइका अध्यक्ष लेखनाथ निरौलाले बताए । उनले अहिलेको कानूनमा पुरुषले सहजै अदालत गएर सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न सक्ने कानून बनेपछि यसको सङ्ख्यामा वृद्धि भएको बताए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE