Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

खबरडबली संवाददाता

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर उत्पन्न विवादले मधेश प्रदेशमा पनि आन्दोलन सुरु भएको थियो । सरकारले गरेको सहमति तथा सद्भाव र्‍यालीपछि अवस्था सामान्य बन्दै गएको छ ।

धनुषा समाचारदाताका अनुसार मधेश प्रदेशको राजधानी जनकपुरधाममा शान्ति सद्भाव र्‍याली निकालिएपछि शनिबारबाट अवस्था सामान्य बन्दै गएको छ । सामाजिक सद्भाव कायम गराउने उद्देश्यका साथ जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिकाले संयुक्त रूपमा जनकपुरधाममा शान्ति सद्भाव र्‍यालीको आयोजना गरेको थियो । 

र्‍यालीमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साह, प्रतिनिधि सभा सदस्यहरू मनिष झा, मातृकाप्रसाद यादव, रामविनोद यादव, विश्वराज पोखरेल, यज्ञमणि न्यौपानेलगायत हिन्दु र मुस्लिम समुदायका अगुवाहरूको पनि उपस्थिति थियो । सद्भाव र्‍यालीपछि शनिबार दिउँसोदेखि जनकपुरधाम बजार क्षेत्रमा आमसर्वसाधारणको चहलपहल बढेको छ । 

यातायात सञ्चालन

सर्लाही समाचारदाताका अनुसार सर्लाहीसहित मधेशका जिल्लामा शनिबारदेखि लामो दुरीका सवारी साधनसमेत सञ्चालनमा आउन थालेपछि यात्रुलाई सहज भएको छ । यस क्षेत्रमा बिहीबार र शुव्रmबार लामो दुरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरू मारमा परेका थिए । शनिबार बिहानदेखि भने लामो दुरीमा चल्ने बससमेत सञ्चालन भएसँगै जनजीवन सहज बनेको हो । 

पूर्वका सिराहा, सप्तरी, सुनसरी, विराटनगरलगायत ठाउँमा जाने यातायातका साधन अझै पूर्ण रूपमा खुल्न सकेका छैनन् । सर्लाहीका बस व्यवसायी दीपलाल महतोले अन्य दिनको तुलनामा शनिबारदेखि बस सञ्चालनमा सहजता भएको बताएको छन् । 

वीरगन्ज, बर्दीबास र जनकपुरतर्फका बस निर्वाध गुड्न थालेका र ढल्केबरदेखि पूर्वतर्फ पनि विस्तारै अवस्था सहज भइरहेकाले बस गुडाउन सुरु गर्ने तयारी रहेको महतोको भनाइ छ । सङ्घीय राजधानी काठमाडौँसम्म प्रत्येक सवारीसाधन निर्वाध आउजाउ गरिरहेका छन् । 

सद्भाव र्‍याली निकालिने निर्णय

राजविराज समाचारदाताका अनुसार  पेसागत सञ्जाल ९पापड० सप्तरीले शान्ति र लोकतन्त्रका लागि जिल्लामा शान्ति, सामाजिक सद्भाव र आपसी भाइचारालाई सुदृढ बनाउन आइतबार सद्भाव र्‍याली आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासङ्घ सप्तरीको कार्यालयमा शनिबार बसेको पापड सप्तरीको बैठकले सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटनापछि सप्तरीमा विकसित परिस्थितिबारे गम्भीर छलफल गर्दै जिल्लामा शान्तिपूर्ण वातावरण कायम राख्न सबै पक्षको सव्रिmय भूमिका आवश्यक रहेको निष्कर्ष निकालेको हो ।

बैठकले घटनामा ज्यान गुमाएका सुनसरीको कप्तानगन्जका ओमप्रकाश मेहता र जयप्रकाश मेहता तथा सिराहाको औरही गाउँपालिकाका गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन सरकारसँग माग गरेको छ । बैठकले साउन १७ गते आइतबार बिहान ८ बजे राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको जनाएको छ । 

भ्रामक सामग्री नफैलाउन आग्रह

कल्याणपुर समाचारदाताका अनुसार जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको शान्तिसुरक्षा, अमनचयन तथा धार्मिक सहिष्णुता कायम राख्न सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री नप्रसारण गर्न सबैमा आग्रह गरेको छ । शनिबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गर्नुभएको सूचनामा नागरिक समाज, धार्मिक गुरु, बुद्धिजीवी, सञ्चारकर्मी तथा सबै सरोकारवालालाई सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अनुरोध गरिएको हो ।

सूचना अनुसार फेसबुक, टिकटक, इन्स्टाग्राम, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, घृणा वा उत्तेजना बढाउने तथा शान्तिसुरक्षामा असर पार्ने खालका भ्रामक समाचार, अफवाह, फोटो वा भिडियो पोस्ट, रिपोस्ट, लाइक, कमेन्ट वा सेयर नगर्न आग्रह गरिएको छ । 

त्यसै गरी आन्दोलनका क्रममा लाठी, भाला, तरबार तथा अन्य घरेलु हातहतियार प्रदर्शन नगर्न तथा नगराउन प्रशासनले सचेत गराएको छ । आन्दोलनमा बालबालिकाको प्रयोग कानुनद्वारा निषेध भएकाले उनीहरूलाई सहभागी नगराउन तथा सहभागी गराए सम्बन्धित आन्दोलन आयोजकलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आर्थिक कानुन संशोधन विधेयकमा १५ वटा संशोधन प्रस्ताव, संसदीय समितिमा छलफल

काठमाडौं । अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न ल्याइएको ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि स...

देवानगञ्ज घटनापछि सप्तरीमा सद्भावको सन्देश, राजविराज र बोदेबरसाइनमा निकालियो शान्ति र्‍याली

राजविराज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्थाबीच सप्तरीमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न विभिन...

मनसुन विपद् : २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते

काठमाडौँ। मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था...

ग्यासको कृत्रिम अभाव हुन नदिन डिलरको अनुगमन

तनहुँ । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय तनहुँले ग्यास डिलर तथा सप्लायर्सको अनुगमन सुरु गरेको छ। सहायक...

सप्तरीमा कर्फ्यु खुकुलो

सप्तरी। सप्तरीमा आम नागरिकहरूको दैनिक अत्यावश्यक कामलाई मध्यनजर गर्दै सप्तरीको राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा जारी कर्फ्युमा केही खुकुलो ...

ब्रड पिक दुर्घटना : निर्मल पुर्जासहित दिवंगत आरोहीहरूको शव क्याम्प–१ तर्फ ल्याइँदै

काठमाडौं । पाकिस्तानको कराकोरम हिमशृङ्खलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका नेपाली पर्वतारोही निर्मल पुर्जासहितका दिवंगत आरोही...

बजारमा सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, कतिमा किनबेच भइरहेको छ ?

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।  नेपाल सुनचाँदी ...

शान्ति सद्भाव र्‍यालीपछि जनकपुरधामको अवस्था सामान्य

जनकपुरधाम। गृहमन्त्री सुधन गुरुङले पीडित पक्षसँग शुव्रmबार राति सहमति गरेपछि मधेश प्रदेशको अवस्था सामान्य बन्दै गएको छ । सुनसरीमा धार्मिक विषयलाई लिएर...

कर्फ्यु खुकुलो भएपछि राजविराजमा निकालियो बृहत् सद्भाव र्‍याली

राजविराज । पेशागत सञ्जाल ९पापड० सप्तरीले जिल्लामा शान्ति, सामाजिक सद्भाव तथा आपसी भाइचारालाई सुदृढ बनाउने उद्देश्यले आइतबार बिहान राजविराजमा बृहत्  सद...

सामाजिक सद्‌भाव भाँड्न खोजेको अभियोगमा ४ जना पक्राउ

काठमाडौँ । सामाजिक सद्‌भाव खल्बल्याएको अभियोगमा पर्साबाट ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार उ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending