Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

खबरडबली संवाददाता

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिएका डाँडाकाँडा र फूलले सिंगारिएको प्राकृतिक दृश्यले जलजला अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ।

रोल्पा नगरपालिका, सुनछहरी गाउँपालिका र थबाङ गाउँपालिकाको सीमाक्षेत्रमा फैलिएको जलजला समुद्री सतहबाट करिब २ हजार २०० देखि ३ हजार ८०० मिटर उचाइमा अवस्थित छ। मौसमअनुसार रूप फेरिरहने जलजलाले वर्षभरि फरक–फरक प्राकृतिक दृश्य प्रस्तुत गर्ने भएकाले यो क्षेत्र प्रकृतिप्रेमीका लागि विशेष गन्तव्य मानिन्छ।

असार, साउन, भदौ र असोज महिनामा यहाँका फाँटहरू सयौँ प्रजातिका बुकी फूलले रंगिन्छन्। फूलमा रमाइरहेका चराहरूको चिरबिर आवाज र हरियालीले भरिएको वातावरणले जलजलाको सौन्दर्यलाई अझ मनमोहक बनाएको छ। स्थानीयका अनुसार अहिले जलजलाको जमिन कपासमा हिँडेजस्तो नरम र पानीले भरिएको मैदानजस्तो अनुभूति हुने गर्छ।

बैशाख, जेठ र साउने पूर्णिमाका अवसरमा जलजलामा विशेष पूजा लाग्ने परम्परा छ। त्यसबेला रोल्पासहित रुकुम, सल्यान, प्युठान, दाङ, बागलुङलगायत विभिन्न जिल्लाबाट श्रद्धालु तथा पर्यटक यहाँ पुग्ने गर्छन्।

नेपाल सरकारले भ्रमण वर्ष २०२० का लागि छनोट गरेका एक सय पर्यटकीय गन्तव्यमध्ये जलजला पनि समावेश थियो। अहिले राष्ट्रिय प्रकृति संरक्षण कोषले पदमार्गमा पर्यटकलाई सहज बनाउन विभिन्न स्थानमा दिशासूचक संकेत बोर्डसमेत राखेको छ।

जलजलाको अर्को विशेषता यहाँ पाइने सेतो गुराँस हो। यस क्षेत्रमा धुपी, बाँझ, लालीगुराँस, भोजपत्र, लेकाली सल्लालगायतका वनस्पति तथा विभिन्न जडीबुटी पाइन्छन्। घोरल, थार, मृग, बँदेल, भालु, डाँफे, मुनाल, कालिजलगायत वन्यजन्तु र चराचुरुङ्गीका कारण पनि यो क्षेत्र जैविक विविधताले समृद्ध मानिन्छ।

फागुनदेखि वैशाखसम्म लालीगुराँसले राताम्मे हुने जलजला हिउँदमा सेताम्य हिउँले ढाकिन्छ भने वर्षायाममा दुर्लभ फूलहरूको रंगीन चादर ओढेर प्रकृतिको अनुपम सौन्दर्य प्रस्तुत गर्छ। यही मौसमी परिवर्तनले जलजलालाई वर्षभरि नै विशेष आकर्षणको केन्द्र बनाएको छ। 

File:Jaljala Lake, a natural beauty of Rolpa, Nepal..JPG - Wikimedia CommonsArthaDabali (@arthadabali) on XArthaDabali (@arthadabali) on XJalJala Trek (The Hidden Treasure Of Rolpa) | Jaljala Trekking | Jaljala Trekking in Nepal - Nord Extreme Himalaya

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending