Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

प्रथम जापान–नेपाल चिकित्सा सम्मेलन सुरू

काठमाडौं । प्रथम जापान–नेपाल चिकित्सा सम्मेलन आज यहाँ शुरु भयो । जापानी विश्वविद्यालय एलुम्नाइ एशोसिएशन नेपाल (जुआन) अन्तर्गतको जापानमा अध्ययन गरेका चिकित्सकको संस्था (जाग्राम) द्वारा काठमाडौँस्थित जापानी दूतावासको सहयोगमा दूतावासमा आयोजित सम्मेलनको मूलमन्त्र नेपालमा स्वास्थ्य प्रणालीलाई सुदृढ गर्नका लागि जापान–नेपालमैत्री रहेको छ ।

सम्मेलनमा जापानका विभिन्न विश्वविद्यालयमा अध्ययन गरी फर्केर नेपालका विभिन्न अस्पताल तथा सङ्घ संस्थामा कार्यरत चिकित्सक तथा जापानबाट आउनुभएका जापानी चिकित्सकको सहभागिता रहेको छ ।

सम्मेलनको उद्घाटन गर्दै नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापानमा अध्ययन गरेका चिकित्सकले नेपाल तथा जापानमा चिकित्सा क्षेत्रमा ठूलो योगदान दिइरहेको बताए ।

सम्मेलनमा डा नारायणबहादुर बस्नेत र डा ओसामु नाकागोमीले सञ्चालन गरेका थिए । डा यासुहीको सुजुकी, डा रामेश्वर पोखरेल, डा नारायण बस्नेत, डा ओसामु नाकागोमी, डा सुधांशु केसी तथा डा अमित खनालले प्रस्तुति गरेका थिए ।

प्रस्तुत विषयमा जापान–नेपाल क्षयरोग उन्मूलन, नेपालमा बाल मृत्युदर, आधुनिक चिकित्साको प्रयोग, नेपालमा हेपाटाइटिस सीको उपचार, समुदायमा आधारित मुखको स्वास्थ्य शिक्षा आदि रहेका थिए ।

डा ओसामु नाकागोमीले सञ्चालन गरेको विशेष प्रस्तुतिमा डा वासुदेव पाण्डेले प्रस्तुतीकरण गरेका थिए । त्यस्तै डा प्रवीण श्रेष्ठ र डा साओरी काशिमा, डा प्रकाश सायमी, डा गोपी अर्याल, डा योगेन्द्र पी सिंह, डा हिरोतोमो यामानासी, डा निर्मल पन्थी, डा साओरी काशिमाले प्रस्तुति गरेका थिए ।

उनीहरुले नेपालमा क्यान्सर सर्जरी, ट्रिपल नेगेटिभ ब्रेष्ट क्यान्सर, नेपालमा भूकम्पपछि काठमाडाँैका अस्पतालमा क्यान्सरको उपचार, नागासाकी विश्वविद्यालयमा स्वास्थ्य शिक्षा, पल्मोनरी इम्बोलिज्म, जापान तथा विकसित राष्ट्रमा सार्वजनिक स्वास्थ्य शिक्षा आदि विषयमा प्रस्तुति दिएका थिए ।

चिकित्सकले आधुनिक चिकित्सासँगै योगलाई पनि उपचारमा प्रयोग गर्न सकिने उल्लेख गरे भने समुदायमा आधारित शिक्षामा जापानले पनि नेपालबाट सिक्न सक्ने जापानी चिकित्सकहरुले बताए ।

जापान नेपालमैत्री सत्रको छलफलमा जापानमा सिकेका र नेपालमा गरेका कामबारे डा मुख्तरआलम अन्सारी, डा नवीन बस्नेत, डा मिलन गौतम, डा विमला पन्थी, डा मनोज बोहोराको प्रस्तुति रहने र विशेष प्रस्तुतिमा डा युको ताकेदाले सञ्चालन गर्नुहुने सत्रमा डा मासामिने जिम्वाले नेपालमा स्वास्थ्य अनुसन्धानबारे प्रस्तुति रहेको छ ।

डा रञ्जीत बराल र डा युको ताकेदाले सञ्चालन गर्ने प्यानेल छलफलमा डा युको ताकेदा, डा वसन्त पन्त, डा तोयोको नाकागोमी, डा एइको कानेदा र डा प्रवीण श्रेष्ठको सहभागिता रहेको छ । समापन मन्तव्य दूतावासका मेडिकल अटाची डा आत्सुमी शिमिजुले दिनु हुनेछ ।

नेपालमा सर्वप्रथम भएको यस्तो सम्मेलनबाट जापानबाट पढेर आएका चिकित्सकहरुले के कस्तो अनुभव हासिल गरेका छन् भन्ने ज्ञान हुनुका साथै जापानी र नेपाली चिकित्सकबीच अनुभवको आदानप्रदान भई दुवै पक्षले सिक्ने अवसर पाउने सहभागी चिकित्सक डा नारायणबहादुर बस्नेतले बताए । जापानमा अध्ययन गरेका ४३ जना चिकित्सक जाग्राममा आवद्व छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending