एजेन्सी । एक भारतीय चलचित्रले आफ्नो फोन नम्बर प्रचार गरिदिएपछि लगातार आएको फोनले आफू हैरान भएको र थाकेको एक भारतीय पुरुषले बताएका छन्।
अर्जुन पटियाला चलचित्रमा अभिनेत्री सन्नी लियोनीले आफूले अभिनय गरेको पात्रको फोन नम्बर भनी भनेको नम्बर २६ वर्षीय पुनीत अग्रवालको नम्बरसँग मिलेको छ।
अग्रवालले बीबीसीसँग कुरा गर्दै चलचित्र प्रदर्शनमा आएको जुलाई २६ तारिखदेखि आफूलाई दैनिक एक सयभन्दा बढी फोन आउन थालेको बताएका छन्।
म आजकाल सपना पनि देख्दिनँ,उनले भने। फोन बिहान चार बजेसम्म बज्छ।
फोनकलले उनी यति हैरान भएका छन् कि चलचित्रबाट आफ्नो फोन नम्बर हटाउन उनले कानुनी कारबाही नै अगाडि बढाएका छन्।
बलिउडमा जमेकी अमेरिकी भूतपूर्व पोर्न अभिनेत्री लियोनीले वयस्क चलचित्रहरूमा अभिनय गर्ने कारण उनलाई भारतमा सेक्स सिम्बोलका रूपमा हेरिन्छ।
त्यसैले भारत वा विदेशबाट पनि त्यो नम्बर साँच्चै नै लियोनीको हो भनी ठान्ने पुरुषहरूले अग्रवालको नम्बरमा फोन गर्नु अचम्मको कुरा नहुनसक्छ।
तर अग्रवाल भने वाक्क भइसकेका छन्। उनीहरूले चलचित्रका निर्माताहरूे एकपटक फोन गरेर जाँच त गर्नुपर्थ्यो।
चलचित्रका निर्देशक रोहित जगराज चौहानले यस विषयमा बोल्न चाहेनन्।
अग्रवाललाई दिनको एक सयभन्दा बढी फोन कल आउन थालेको छ । चलचित्र देखाउन थालिएको हप्तौँसम्म पनि अग्रवालले शान्तिसँग काम गर्न वा सुत्न वा खान नपाएको गुनासो गरेका छन्।
तर त्यो नम्बर छोड्नुपनि व्यवहारिक नभएको उनको भनाइ छ। यो मेरो व्यवसायसँग जोडिएको छ र धेरै पुराना साथीहरूसँग यही नम्बर छ।
चलचित्र प्रदर्शन गरिएको पहिलो दिन नै उनलाई पहिलो कल आएको थियो। फोन गर्ने व्यक्तिले उनले गलत नम्बरभन्दा विश्वासै गरेनन् र उनले फोन काट्नु पर्यो।
पहिलो दुई, तीन वा दश कलसम्म पनि मलाई लागेको थियो कि कसैले मलाई जिस्काइरहेको छ।तर कल आउने क्रम रोकिएन र सबैले एउटै कुरा सोधेस् ूके म सन्नी लियोनीसँग कुरा गर्न सक्छुरुू
जब फोन गर्नेहरूले चलचित्रको कुरा गरे अनि उनले थाहा पाए। त्यसपछि मैले चलचित्र हेरेँ र त्यहाँ साँच्चै मेरो नम्बर थियो।
उनले प्रहरीलाई भने तर फोन गर्नु अपराध नभएकोले प्रहरीले सहयोग गर्न नसक्ने बतायो। प्रहरीले नै अदालत जान सुझाव दिए।
अग्रवालले चलचित्रबाट आफ्नो नम्बर हटाउन माग गर्दै अदालतमा मुद्दा दायर गरेका छन्।
बिहान साढे आठ बजेसम्म केही हुँदैन त्यसपछि लगातार कल आउन थाल्छ, उनी भन्छन्।
धेरै जस्तो फोनकल चलचित्रका अभिनेता दिलजित दोसानजी लोकप्रीय रहेका पञ्जाब र हरियाणाबाट आउँछ तर उनले इटली, दुबई, पाकिस्तान, न्यूजील्याण्ड र अस्ट्रेलियाबाट समेत कल आउने बताए।
कल गर्नेमध्ये दुई जना बाहेक सबै पुरुष छन्। दुई महिलाले भने चलचित्रका कुनै अभिनेतासँग कुरा गर्न खोजे।
अग्रवालले यो घटनाका कारण आफूलाई साथीहरूले दिल्लीको सन्नी लियोनी भनेर जिस्काउन थालेको र उनलाई देख्दा लियोनीका चलचित्रका गीत गाउन थालेको बताए।
हैरान भएपछि उनले कललाई छोट्टाउने तरिका भेटेका छन्। म लियोनी नुहाउन गएको र अहिले कुरा गर्न नसक्ने बताइदिन्छु।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: