काठमाडौं । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवस साताव्यापीरुपमा मनाइने भएको छ ।
आगामी २७ गते मनाउन थालिएको दिवस युवा तथा खेलकूद मन्त्रालय तथा राष्ट्रिय युवा परिषद्को संयुक्तरुपमा मनाइन थालिएको हो । यस वर्ष दिवसको अन्तरराष्ट्रिय नारा ‘शिक्षामा रुपान्तरण’ र नेपालको नारा ‘शिक्षामा रुपान्तरणः उद्यमशीलता र नवप्रवर्तन’ रहेको छ ।
गुणस्तरीय र व्यावसायिक शिक्षाका माध्यमबाट शिक्षामा रुपान्तरण गर्ने र सोको प्रतिफलस्वरुप युवामा उद्यमशीलताको विकास, स्वरोजगार र नवप्रवर्तनमा टेवा पु¥याएर राष्ट्रिय लक्ष्यसँग जोड्ने अभिप्रायका साथ नेपालको नारा तय गरिएको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार दिवसका अवसरमा मन्त्रालय र परिषद्को आयोजनामा विभिन्न युवा लक्षित कार्यक्रम हुने भएका छन् । दिवसलाई सफल पार्नका लागि खेलकूदमन्त्री जगतबहादुर सुनार ९विश्वकर्मा० को संयोजकत्वमा २०१ मूल समारोह समिति र परिषद्का कार्यकारी उपाध्यक्ष ढुङ्गेलको संयोजकत्वमा १७ सदस्यीय सचिवालयको समेत गठन गरिएको छ ।
दिवसका अवसरमा साउन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी विभिन्न कार्यक्रमसमेत गरिने भएको परिषद्का सूचना अधिकारी ध्रवराज पौडेलले जानकारी दिए ।
दिवसलाई देशव्यापीरुपमा मनाउन प्रदेश सरकार र स्थानीय सरकारसहित विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई आआफ्नो स्थानमा नेपालले तय गरेको नारासँग सम्बन्धित रहेर विभिन्न स्थानमा मौलिकरुपमा मनाउन अनुरोधसमेत गरेको परिषद्का उपसचिवसमेत रहनुभएका पौडेलले जानकारी दिए।
दिवसको अवसरमा प्रधानमन्त्री प्रतिभा पुरस्कार घोषणा र वितरण, युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम, युवा संवाद कार्यक्रम, युवा उद्यमी सिर्जना कक्ष प्रदर्शनी, युवालाई उत्प्रेरणा र सकारात्मक सन्देश दिन सांस्कृतिक कार्यक्रमसमेत राखिएको छ ।
यसैगरी साउन २७ र २८ गते दुई दिनसम्म युवा उद्यमी कार्यक्रमसमेत गरिने भएको छ । यसैगरी दिवसका अवसरमा वाग्मती सफाइ अभियान, खेलकूद कार्यक्रम र रेडियो तथा टेलिभिजनमा युवाको अवस्था, सम्भावना र अवसर सम्बन्धमा परिसंवाद कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ ।
नेपालमा सन् २००४ र अन्तरराष्ट्रिय दिवस सन् २००० देखि मनाउन थालिएको हो । युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तरराष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्ने उद्देश्यले दिवस मनाउन थालिएको हो । नेपालको संविधानमा उल्लेखित युवासँग सम्बन्धित व्यवस्थालाई युवाको पक्षमा कार्यान्वयन गर्नु राष्ट्रिय युवा नीति–२०७२, युथ भिजन–२०२५ तथा अन्तरराष्ट्रिय कानून र युवालक्षित मुद्दा कार्यान्वयन गर्न स्थानीय, राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा आवाज बुलन्द गर्नु दिवसको उद्देश्य रहेको परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले जानकारी दिए । नेपालमा विसं २०६८ को जनसङ्ख्याका आधारमा अहिले ४०।३ प्रतिशत युवा रहेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: