काठमाडौं । गायक तथा सर्जक जि.बी सुनार र गायिका अपेक्षा गिरीको मार्मिक तीज गीत ‘माइतिको देशैमा’ सार्वजनिक भएको छ ।
साहारा फिल्म एण्ड ईन्टरटेनमेन्टले सार्वजनिक गरेको गीतमा गायक जि.बी. सुनारको शब्द र लय छ । गीतमा महेश बिक्रम पाण्डेले संगीत दिएका छन् ।
कलाकार अप्सना थापा, सुन्दर डल्लाकोटी र जि.बि. सुनारको भूमिका रहेको गीतको भिडियोको छांयाकन भने महेश महराले गरेका छन् । भिडियोमा निर्देशन शिवन पोखरेल छ ।
यस्तो छ माईतिको देशैमाको भिडियो
प्रतिकृया लेख्नुहोस्: