Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

ब्रजिलको जेलमा हिंसा: विरोधी गिरोहबीचको लडाइँमा ५२ को मृत्यु

ब्रजिलमा एउटा जेलभित्र प्रतिद्वन्द्वी समूहहरूबीच भएको हिंसामा कम्तिमा ५२ जना मारिएको अधिकारीहरूले जनाएका छन्।

पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

अधिकारीहरूले पत्रकार सम्मेलनमा बताए अनुसार १६ जनाको घाँटी काटिएको थियो भने अन्यको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको हो।

बन्दीको कब्जामा परेका दुईजना जेल अधिकारीहरू रिहा गरिएका छन्।

पूर्व सङ्केत
स्थानीय समय अनुसार बिहान करिब सात बजे सुरुको हिंसा मध्याह्नमा बल्ल नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्।

जेलबाट लिइएको भनिएको ब्रजिलका संचार माध्यममा प्रसारित भिडिओ फुटेजमा कम्तिमा एउटा बन्दीगृहबाट धुवाँ निस्किरहेको देखिन्छ।

अर्को भिडिओमा बन्दीहरू भवनको छतमा हिँडेको देखिन्छ।
प्रान्तीय सरकारले विज्ञप्ति जारी गर्दै कमान्डो क्लासिया ए (सीसीए) नामको गिरोहका सदस्यहरूले विरोधी समूह रेड कमान्ड सदस्यहरू राखिएको भवनमा आगो लगाएको जनाएको छ।

विज्ञप्तिका अनुसार त्यो स्तरको घटना हुने पूर्व चेतावनी वा सङ्केत थिएन।

सोमवार हिंसा भड्किएको अल्टामिराको जेलको क्षमता २०० जना अटाउने भए पनि त्यहाँ करिब ३०० कैदी छन्।

जेलमा भिड
ब्रजिलको सञ्चार माध्यमका अनुसार घटनामा संलग्न समूहका नेतालाई संघीय कारागारमा सरुवा गर्न लागिएको छ।

ब्रजिलका कारागारहरूमा हिंसा असामान्य होइन। ब्रजिलका जेलमा सात लाख बन्दी छन्। विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्रजिल तेस्रो हो। त्यहाँ देशभरका जेलमा भिडभाडको समस्या छन्।

प्रतिद्वन्द्वी समूहहरूबीच बारम्बार झडप हुने गर्छ।

मे महिनामा एकै दिन चार फरक कारागारमा ४० जना मारिएका थिए। त्यो घटना १५ जना बन्दीको मृत्यु भएको भोलिपल्ट भएको थियो।

देशका दुई प्रमुख गिरोहबीच विभिन्न जेलहरूमा हिंसा हुँदा सन् २०१७ को जनवरी महिनामा मात्र १३० जनाभन्दा बढी मारिएका थिए। जसका कारण लामो समयसम्म दङ्गा भएको थियो भने सयौँ बन्दीको सुरुवात गरिएको थियो।

हिंसाको कारण

ब्रजिलका उग्र दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारुले कारागारहरूलाई कडा नियन्त्रण ल्याइने प्रतिबद्धता जनाएका छन्।

तर धेरैजस्तो जेलहरू प्रान्तको नियन्त्रणमा रहेकाले त्यो त्यति सजिलो छैन।

हिंसा र लागु औषध सम्बन्धि कारोबारविरूद्धको कारबाहीका कारण पछिल्ला दशकहरूमा देशका जेलमा बन्दीहरूको सङ्ख्या बढेको छ।

त्यहाँको भिडभाडले गर्दा अधिकारीहरूलाई विरोधी समूहलाई अलग अलग राख्न निकै गाह्रो भएको छ। खाना र सुत्ने सामान जस्ता सीमित साधन स्रोतलाई लिएर जेलभित्र उनीहरूबीच तनाव देखिने गरेको छ । बीबीसी

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending