Khabar Dabali २१ असार २०८३ आईतवार | 5th July, 2026 Sun
Investment bank

फोनको बेवास्ता गर्दा प्रहरी प्रमुख नै परे बर्खास्तीमा

एजेन्सी । रोमानियामा फोनको बेवास्ता गर्दा एक प्रहरी प्रमुख बर्खास्तीमा परेका छन् । उनलाई त्यहाँको सरकारले आपत्कालीन टेलिफोनको वेवास्ता गरेको आरोप लगाएको छ ।

आपत्कालीन टेलिफोनको वेवास्ता गर्दा एक अपहरित किशोरी मारिएपछि रोमानियाको आन्तरिक मामिलामन्त्रीले प्रहरी प्रमुखलाई नै बर्खास्त गरेको हो । घण्टौंसम्म फोन गर्दा पनि कारबाही नभएपछि सरकारले उनलाई बर्खास्त गरेको विवरणमा जनाइएको छ ।

घटना एक पन्ध्र वर्षीया किशोरीको अपहरणमा जोडिएको छ । अपहरणमा परेकी किशोरीले आफ्नो अवस्था बारे प्रहरीलाई जानकारी गराएकी थिइन् तर कारबाही गरिएन् । जसको कारण किशोरी अपहरित समुहबाट मारिन पुगिन् ।

प्रहरीले भने अपहरणपछि किशोरीलाई राखिएको स्थान पत्ता लगाउन कठिनाई भएको कारण बचाउन नसकिएको प्रतिक्रिया दिएको छ ।

प्रहरीले अपहरण परेको निकै समयपछि मात्रै किशोरीको शव फेला पारेको हो ।

समाचार संस्था एएफपीका अनुसार बिहीवार बिहान उनले आपत्‌कालीन टेलिफोन नम्बर ११२ मा तीन पटक फोन गरिन् र एकजना कारचालकबाट अपहरणमा परेको बताइन्। रोमानियाको बरखासीमा परेका प्रहरी प्रमुख लोआन बुडाका अनुसार फोन काटिनुअघि एलेक्जेन्ड्राले ‘ऊ आउँदैछ, ऊ आउँदैछ’ भन्दै चिच्याएकी थिइन्।

एलेक्जेन्ड्राले फोन गरेको स्थान पत्ता लगाउन निकै सङ्घर्ष गरिएको अधिकारीहरूको भनाइ छ। स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार एपीले जनाए अनुसार अधिकारीहरूले शुक्रवार बिहान तीन बजे किशोरीलाई राखिएको ठानिएको घर पत्ता लगाए।

यद्यपि खानतलाशीका लागि अनुमति लिने प्रक्रियामा प्रहरी गए अनि घरमा छिर्नका निम्ति बिहानसम्म कुरे। किशोरीले अन्तिम पटक फोन गरेको १९ घण्टासम्म पनि प्रहरीले घरमा खानतलाशी गरेनन्।

आन्तरिक मामिलामन्त्री निकोलाइ मोगाले आमूल कदम चाल्नुपर्ने भएकोले प्रहरी प्रमुखलाई बर्खास्त गरिएको बताएका छन्।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending