काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले हत्या गरी फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गरेको छ ।
ब्यूरोको टोलीले २०६४ साल पुस २७ मा ललितपुर इमाडोल गाविस हाल ललितपुर महानगरपालिका–१५ इमाडोलमा मकवानपुरका २२ वर्षीय तारा भन्ने सुनिता लामाको हत्या गर्ने काभ्रेपलाञ्चोकका ३७ वर्षीय राजेश लामालाई साउन १० गते पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्यूरोले आज पत्रकार सम्मेलन गरी इमाडोल गाविस– ५ सुवेदीगाउँस्थित डम्बरबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लामाको हत्यामा संलग्न राजेशलाई सानेपाबाट पक्राउ गरिएको जानकारी दिएको हो ।
सम्मेलनमा ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक निरजकुमार शाहीले राजेश र ताराको बिहे गर्नका लागि सिन्दूर पोते गर्ने सल्लाह भए पनि ताराको अर्को केटासँग प्रेम सम्बन्ध भएपछि हत्या गरेको अनुसन्धानमा खुलेको जानकारी दिए ।
“घटना घट्नुभन्दा ६÷७ महिना पहिलादेखि राजेशको तारासँग प्रेम सम्बन्ध भएको र ताराको कोठामा आउनेजाने गरेको तर बिहे गर्ने बेलामा ताराको अर्को केटासँग सम्बन्ध भएको थाहा भएपछि हत्या गरिएको अनुसन्धानमा खुलेको छ”, उनले भने ।
विवाह रद्द भएपछि गाउँमा बेइज्जत भएको महसुुस गरी रु एक हजारको छुरा किनेर ताराको हत्या गरेको ब्यूरोले जनाएको छ । मृतक ताराको कोठामा आएर कोही नभएको मौका छोपी शरीरको विभिन्न भागमा पटक–पटक छुरा प्रहार गरी हत्या गरिएको थियो ।
हत्या गरेपश्चात् राजु लामाको परिचय बनाई हेटौँडाको एक होटलमा काम गरी बसेको र पछि काठमाडौँ आएर विभिन्न व्यक्तिको घरमा रङ लगाउने काम गरेको ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए
पक्राउ परेका राजेशलाई जिल्ला अदालत ललितपुरबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: