Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

उत्तर कोरियाको क्षेप्यास्त्रबाट अमेरिकालाई कुनै खतरा नरहेकाे जानकारी

सियोल । उत्तर कोरियाले बिहीबार गरेको नयाँ किसिमको क्षेप्यास्त्र परीक्षणबाट दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकालाई कुनै खतरा नरहेको बताइएको छ ।

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य कमाण्डले शुक्रबार सो जानकारी गराएको समाचारमा जनाइएको छ । सो संयुक्त सैन्य अभ्यासको कमाण्डका सैनिक अधिकारीहरुले शुक्रबार सो कुरा बताएका हुन् ।

उत्तर कोरियाले बिहीबार बिहानै उत्तर कोरियाको वोनसानबाट दुई वटा नयाँ प्रकारका क्षेप्यास्त्र परीक्षण गरेको थियो । ती क्षेप्यास्त्रहरु करिब ४३० किलोमिटर यात्रा गरेर समुद्रमा खसेका बताइएपछि यसबाट छिमेकी दक्षिण कोरिया र अमेरिकालाई पर्नसक्ने खतराका बारेमा अनुसन्धान गरिएको बताइएको छ ।

दक्षिण कोरियाको राजधानी सोलमा रहेको उक्त संयुक्त सैन्य अभ्यासको कमाण्डले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरी ती क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई कुनै खतरा नदेखिएको पाइएको जनाएको छ ।

दक्षिण कोरियाका सेनापतिले उत्तर कोरियाले बिहीबार परीक्षण गरेको पछिल्लो क्षेप्यास्त्र अहिलेसम्म नै उसले गर्दै आएको परीक्षणमा नयाँ रहेको र यसअघि कहिल्यै नदेखिएको बिहीबार बताउनुभएको थियो ।

उत्तर कोरियाले अकस्मात ती क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएपछि दक्षिण कोरियाली र अमेरिकी गुप्तचर निकायहरुले पनि गोप्य रुपमा अनुसन्धान थालेको बताएका छन् ।
उनीहरुको विश्लेषणमा ती दुबै क्षेप्यास्त्र आधुनिक र नयाँ रहेको पाइएको उल्लेख गरिएको छ । दोस्रो क्षेप्यास्त्र भने ६९० किलोमिटर टाढासम्म पुगेको बताइएको थियो ।

सिओल र वासिङ्टनद्वारा संयुक्त रुपमा प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ, “यी क्षेप्यास्त्रबाट दक्षिण कोरिया र अमेरिकालाई प्रत्यक्ष रुपमा कुनै खतरा छैन र यसबाट सुरक्षा अवस्थामा पनि कुनै फरक पार्ने देखिँदैन ।”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच विभिन्न चरणमा वार्ता जारी रहेको छ । गत महिना मात्र पनि दुई कोरियालाई छुट्याउने पानमुनजोङमा भेटवार्ता भएको थियो ।

उत्तर कोरियाले आफ्नो विगतको क्षेप्यास्त्र परीक्षणको क्रमलाई स्थगित गरेको जनाएको थियो । उसले लामो समयसम्म क्षेप्यास्त्र हानेको थिएन ।

अमेरिका–उत्तर कोरियाबीच गत बर्ष पहिलोे वार्ता चलेपश्चात यो पहिलो क्षेप्यास्त्र परीक्षण हो । दुबै नेताबीच कोरियाली द्वीपबाट आणविक निःशस्त्रीकरण गर्ने विषयमा वार्ता र छलफलहरु भइरहेका छन् । तर बिहीबार उत्तर कोरियाले भने अकस्मात यो क्षेप्यास्त्र परीक्षण गरेको छ ।

गएको मे महिनामा उत्तर कोरियाले एउटा सामान्य प्रकृतिको र छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको थियो । तर यस घटनालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साना तिना घटनाका रुपमा लिएको बताउनुभएको थियो ।

यस पटकका यी क्षेप्यास्त्रहरु मे महिनामा गरिएका क्षेप्यास्त्रभन्दा शक्तिशाली भएको अनुमान गरिएको छ । यस परीक्षणपछि भने दुई मुलुकबीचको सम्बन्धमा के कस्तो असर गर्ने हो भन्ने विषयमा विभिन्न अड्कलहरु काटिएका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका र उत्तर कोरियाबीच आगामी जुलाईमा उच्चस्तरीय वार्ता हुनसक्ने केही समयअघि मात्र बताएका थिए

तर बिहीबारको यो क्षेप्यास्त्र परीक्षणपछि विश्लेषकहरुले अमेरिका–दक्षिण कोरिया संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाले असन्तुष्टी प्रकट गर्न क्षेप्यास्त्र परीक्षण गरेको हुनसक्ने बताएका छन् ।

यस सैन्य अभ्यासको उत्तर कोरियाले बिगतदेखि नै विरोध गर्दै आएको थियो । यो पछिल्लो परीक्षणपछि राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता अनको औपचारिक भनाई सार्वजनिक भएको छैन ।

अमेरिका र दक्षिण कोरियाले बेला बेलामा गर्ने गरेको संयुक्त सैन्य अभ्यासले अमेरिकासँगको आफ्नो वार्तामा पनि असर परिरहेको भनाई उत्तर कोरियाले बारम्बार राख्दै आएको छ ।सिन्ह्वा

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending