प्यालेस्टाइन । जेरुसेलमको दक्षिणतर्फ इजरायलको भनाईमा “गैरकानुनी रुपमा बनाइएका” प्यालेस्टिनी समुदायका घरहरु सोमबार बिहानैदेखि इजरायली सेनाले भत्काउन शुरु गरेको छ । घर भत्काइएको उक्त घटनाप्रति अन्तर्राष्ट्रिय रुपमै चासो व्यक्त गरिएको छ ।
इजरायली सुरक्षा घेरानजिकैको सुर बाहेर इलाकाका चार वटा भवनलाई इजरायली सेना र प्रहरीले घेरा हालेका थिए । फ्रान्सेली समाचार समिति एएफपीका अनुसार इजरायल अधीनस्थ पश्चिम किनारालाई छुट्याउने सीमानजिकै उक्त घटना भएको छ ।
उक्त स्थानमा रिपोर्टिङका लागि संवाददाताहरुलाई पनि प्रवेश गर्न दिइएको छैन । घरका मानिस र त्यहाँ भेला भएका अधिकारकर्मीहरुलाई जबर्जस्ती घर बाहिर निकालिएको छ ।
घरधनी एक व्यक्तिले “म यहीँ मर्न चाहन्छु” भन्दै चिच्याएका थिए ।
प्यालेस्टिनीहरुले फौजी बलमा आफूहरुलाई घरबाहिर निकालेको र ती ठाउँमा इजरायली बस्ती विस्तार गर्ने मनसाय राखेको आरोप लगाएका छन् ।
इस्माइल अबाडियेले इजरायल सरकारले घर भत्काएसँगै आफूहरु घरबारविहीन भएको प्रतिक्रिया दिनुभयो । “हामी अब सडकमा पुगेका छौं ।”
गत जुन १८ मा इजरायल सरकारले घर छाड्न ३० दिनको समय दिँदै सूचना प्रकाशन गरेको थियो । इजरायल सरकारले ती घर भत्काउने जानकारी पनि स्थानीयबासीलाई गराएका थिए । प्यालेस्टिनी समुदायका यहाँका अधिकाँश घर निर्माणकै क्रममा रहेका छन् ।
राष्ट्रसंघीय मानवीय सहायता निकाय ९ओचा० का अनुसार इजरायलको पछिल्लो कदमबाट प्यालेस्टिनी समुदायका निर्माणाधीन १० वटा भवन भत्कनेछन् । साथै ७० वटा अपार्टमेन्ट पनि नष्ट हुनेछ । भवन भत्काउँदा करिब ३५० जना प्रभावित हुनेछन् ।
युरोपेली युनियनका कुटनीतिज्ञहरुले पनि केही दिन अघि उक्त क्षेत्रको भ्रमण गरेका थिए । राष्ट्रसंघले भवन भत्काउने योजना तत्काल स्थगित गर्न इजरायल समक्ष आग्रह गरेको थियो ।
स्थानीय प्यालेस्टिनीहरुले अरु १०० भन्दा बढी घर भत्काउन इजरायलले तयारी गरिरहेको दाबी गरेका छन् ।
इजरायलले सन् १९६७ को छ–दिने युद्धमा पश्चिम किनारा र पूर्वी जेरुसेलमलाई कब्जा गरेको थियो । इजरायलले पछि पूर्वी जेरुसेलमलाई भने इजरायलको अभिन्न भूभागका रुपमा इजरायलमा विहीन गरेको थियो तर अन्तर्राष्ट्रिय समुदायले इजरायलको उक्त कदमलाई कहिल्यै स्वीकार गरेका थिएनन् ।
इजरायलले सन् २००० को दशकमा प्यालेस्टिनी क्षेत्रबाट इजरायललाई अलग्याउन पश्चिम किनारामा पर्खाल लगाउन शुरु गरेको थियो । प्यालेस्टिनीहरुले उक्त पर्खाललाई “रङ्गभेदी पर्खाल” को संज्ञा दिने गरेका छन् ।एएफपी
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: