Khabar Dabali १७ चैत्र २०८२ मंगलवार | 31st March, 2026 Tue

राप्रपाको उत्पीडित उत्थान संगठनको केन्द्रिय संयोजकमा श्रवण कुमार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठनको केन्द्रीय कार्य समितिको पुनर्गठन भएको छ । पुर्नगठित संगठनको संयोजक श्रवण कुमार नेपाली चयन भएका छन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न भेलाले नेपालीको संयोजकत्वमा ४४ सदस्यीय तदर्थ कार्य समिति गठन गरेको छ । नवगठित कार्य समितिको सहसंयोजकहरुमा गंगा वि.क. (काठमाडौं), पतिराम चुनारा (कञ्चनपुर), मिना स्वर्णकार (दाङ), कोमल वि.क. (दाङ), जुद्ध बहादुर लोहनी (सुनसरी), सरला वि.क. (काठमाडौं), बद्री प्रसाद परियार (कास्की), निर्मला पासवान (महोत्तरी), महासचिबमा राम नेपाली (नुवाकोट) तथा कोषाध्यक्षमा रण बहादुर वोहरा (वागलुङ) रहेका छन् ।

नवगठित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई एक समारोहका बिच पार्टी अध्यक्ष कमल थापाले जिम्मेवारी पत्र हस्तान्तरण गर्दै संगठनलाई बलियो बनाउनका निमित्त देशव्यापी अभियान सञ्चालन गर्न निर्देशन दिए । धार्मीक ग्रन्थहरुमा छुवाछुत र भेदभावलाई कतैपनि उल्लेख नगरिएको भन्दै व्यवहारिक रुपमा रहेको जातिय छुवाछुत र भेदभावलाई अन्त्य गर्न र भ्रमहरुलाई चिर्दै संगठन विस्तारमा केन्द्रीत हुन समितिलाई अध्यक्ष थापाले निर्देशन दिए ।

सो अवसरमा पार्टीका वरिष्ठ नेता दिपक वोहरा, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण गुरुङ, महामन्त्री भास्कर भद्रा, सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापा, प्रवक्ता नीलकण्ठ काफ्ले लगायतका नेताहरुले शुभकामना दिएको सहायक महामन्त्री राजाराम वर्तौैलाले जानकारी दिएका छन् ।

aplly description here...

माओवादीको निर्णय : सबै समितिमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कोरोनाविरुद्धको लडाइँलाई थप प्रभावकारी बनाउन सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । ...

प्रदेश नं १ : १८८ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८८ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप सङ्क्रमितमा मोरङमा ८३ मध्ये विराटनगरमा ६४, झापामा २५, सुनसरीमा ४०, धनकुटाम...

निषेधाज्ञाको असर छैन सेयर बजारमा : कुन कम्पनीको कति बढ्यो ?

काठमाडौं । हिजो घटेको सेयर बजारमा आज बढेको छ । मंगलबार ११ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज नेप्से ९२.४६ अंकले बढेर २५९९.०७ बिन्दुमा प...

कैलालीमा २० जना थुनुवामा कोरोना संक्रमण

धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । ६२ जनाको परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएक...

आपतमा गाउँ नै प्यारो : २४ घण्टामा ५० हजारले छाडे काठमाडौं

काठमाडौं। २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यका छाड्‍नेको संख्या ह्वात्तै बढेको छ । आइतबार साँझ ८ बजेदेखि सोमबार साँझ ८ बजेसम्‍ममा काठमाडौँ उपत्यका छाड्...

यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णयहरू

काठमाडौँ । मन्त्रिपरिषद् बैठकले कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निर्णय गरेको छ । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ब...

प्रदेश-१ मा २०२ कोरोना सङ्क्रमित थपिए : कुन जिल्लाका कति ?

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा आज २०२ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितमा मोरङका ११४ मध्ये विराटनगरका ९०, झापाका ३७, सुनसर...

चितवनमा कोरोनाले तीन जनाको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीनजना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-१७ का ८० वर्षीय वृद्ध, मकवानपुरका ८...

काठमाडौँमा के-के खुल्ला, के-के बन्द ? (सूचीसहित)

काठमाडौँ । काठमाडौंमा एक साताका लागि अत्यावश्यकबाहेकका सेवा र यातायात बन्द गरिएको छ । सोमबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला ...

अब काठमाडौँ उपत्यकामा प्रवेश गर्दा अनिवार्य क्वारेन्टाइनमा बस्‍नुपर्ने

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले अब काठमाडौं उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टाइन वा होम आइसोलेस...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending