Khabar Dabali २८ चैत्र २०८२ शनिबार | 11th April, 2026 Sat

यस्तो छ नयाँ संविधानको मस्यौदा

९ असार, काठमाडौं । नयाँ संविधानमा ३५ भाग र तीन सय ११ धारा रहने गरी संविधानको प्रारम्भिक मस्यौदा तयार भएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ मस्यौदा समितिअन्तर्गतको कार्यदलले अन्तरिम संविधानभन्दा मोटो खाकाको प्रारम्भिक मस्यौदा तयार पारेको हो। अन्तरिम संविधानमा २५ भाग र एक सय ६७ धारा छन्। कांग्रेसका कृष्णप्रसाद सिटौला सभापति रहेको मस्यौदा समितिले सिटौलाकै संयोजकत्वमा प्रारम्भिक मस्यौदा बनाउन कार्यदल गठन गरेको थियो। समितिअन्तर्गतका पाँचवटा उपसमितिका प्रतिवेदनलाई एकीकृत गर्दै कार्यदलले मस्यौदाको काम गरेको हो। कार्यदलले मोटो रूपमा प्रारम्भिक खाका तयार पारेको उच्च स्रोतले बतायो। ‘३५ भाग र तीन सय ११ धारा रहने गरी मस्यौदा तयार पारेका छौं’ स्रोतले भन्यो, ‘मस्यौदालाई अन्तिम रूप दिने क्रममा धाराहरूको संख्यामा केही तलमाथि पनि हुन सक्छ।’ मस्यौदामा सबैभन्दा बढी ३२ वटा धारा मौलिक हकमा राखिएका छन्। अन्तरिम संविधानमा मौलिक हकअन्तर्गत २१ वटामात्र धारा थिए। ‘सबै जाति, क्षेत्र, समुदायका अधिकारलाई मौलिक हकमा समेट्दा केही बढी धारा हुन गएका हुन्’ स्रोतले भन्यो। कानुन बनाएर अधिकार सुनिश्चित गर्ने केही मौलिक हकका प्रावधानमा त्यस्ता कानुन कति वर्षभित्र बनाउने भन्नेमा कार्यदलमा छलफल भइरहेको स्रोतले बतायो। ‘दुई वर्ष कि पाँच वर्षभित्र त्यस्ता कानुन बनाउने भन्ने सामान्य बहस भइरहेको छ’ स्रोतले भन्यो। स्थानीय सरकारलाई संविधानको छुट्टै भागमा राखिए पनि त्यसको स्वरूपका विषयमा विषयगत समितिबाट पर्याप्त मस्यौदा नभएकाले कार्यदलमा समस्या भएको स्रोतले बतायो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending