काठमाडौं । विवेकशील नेपाली दलले सरकारलाई तरकारीमा विषादी परिक्षण सुचारु गर्न माग गरेको छ । सरकारले भारतीय पक्षको दबाबमा परेर भारत लगायत तेस्रो मुलुकबाट आयात हुने तरकारीजन्य खाद्यपदार्थको विषादी परीक्षण रोक्ने निर्णयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ। शनिबारएक विज्ञप्ती जारी गर्दै सरकारको निर्णयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण गराएको हो ।
यस्तो छ प्रेस विज्ञप्ति:
सरकारले भारतीय पक्षको दबाबमा परेर भारत लगायत तेस्रो मुलुकबाट आयात हुने तरकारीजन्य खाद्यपदार्थको विषादी परीक्षण रोक्ने निर्णयप्रति विवेकशील नेपाली दलको गम्भीर ध्यानाकर्षण भएको छ।
अहिले तपाईँ-हाम्रो बालबच्चा र करोडौँ नागरिकका स्वास्थ्यमै प्रत्यक्ष प्रतिकुल असर पर्ने गरी विषादी प्रयोग गरिएका तरकारी तथा फलफुलहरू आयात भइरहेको छ। विषादी परीक्षण गरेर मात्रै भन्सारबाट प्रवेश दिने नागरिक केन्द्रित सरकारी नीति अनुरूप सरकार आफैँले राजपत्रमै प्रकाशित गरी सुरु गरेको विषादी परीक्षणको काम रोक्न वाणिज्य तथा आपूर्ति मन्त्रालयकै प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले फिर्ता लिने निर्णय गरेको थियो। यो कदमले केपी ओली सरकारले सत्तारोहण गर्नुअघि बनाएको राष्ट्र रक्षकको छविमै फेरी पेचिलो प्रश्न तेर्सिएको छ। सरकार नागरिकमुखी हुनुको सट्टा उल्टो करोडौँ नागरिकको स्वास्थ्यसँग सम्झौता गर्दै गर्दा हामी कस्तो समाजवाद उन्मुख हुँदै छौँ ?
भारतीय पक्षले दिएको दबाबलाई भन्सार क्षेत्रमा उपयुक्त विषादी परीक्षणका उपकरण र प्रविधि उपलब्ध नभएको भन्ने बहानामा नअल्झिई यथाशीघ्र प्राविधिक काम पुरा गरी पुनः नाकामा विषादी परीक्षण सुरु गर्न विवेकशील नेपाली सरकारसँग आग्रह गर्दछ। प्रक्रियागत निर्णय भई कार्यान्वयन भइरहेको स्थितिमा विषादी परीक्षण नै रोक्ने प्रस्ताव प्रधानमन्त्रीबाटै आउनु निकै गैरजिम्मेवार र नागरिकको स्वास्थ्यमाथि अनुदार कदम भएको विवेकशील नेपाली दलको ठहर छ। स्वास्थ्य नागरिक बने पो त देश समृद्ध हुन्छ। सरकार तिमी कहिलेसम्म यो हदसम्म विवेकहिनताको बन्दी बनिरहछौँ ?
नागरिकले विषादी रहित, स्वस्थ तरकारी तथा फलफुल उपभोग गर्न पाउने अधिकार कुण्ठित हुने गरी गरिएको निर्णय फिर्ता लिन र परीक्षणको प्राविधिक पक्षलाई तत्कालै सबल बनाई विषादी परीक्षण सुचारु गर्न विवेकशील नेपाली दल सरकारसँग जोडदार माग गर्दछ ।
साथै, यो पढिरहनु भएका सम्पूर्ण आम नागरिकलाई विषादी प्रयोग भएका तरकारी फलफुल प्रयोग नगर्न आव्हान गर्दछौँ र आ(आफ्नो जनप्रतिनिधि माझ गई आवाज उठाउनु हुन पनि अपिल गर्दै छौँ।
मिलन पाण्डे
प्रवक्ता विवेकशील नेपाली दल
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: