काठमाडौं । खानेपानीमन्त्री बीना मगरले तराई/मधेशका जिल्लाका खानेपानीलाई आर्सेनिक मुक्त बनाउने मन्त्रालयको पहिलो प्राथमिकतामा रहेको बताएकि छिन्।
राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक अन्तर्गत खानेपानी मन्त्रालयको विभिन्न शीर्षकमा सांसदले उठाउनु भएका प्रश्नको जवाफमा मन्त्री मगरले यसका कार्यका लागि २१ तराईका जिल्लामा कार्यक्रम जारी रहेको जानकारी दिइन् ।
उनले पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाको बाँकी रहेको काम सम्पन्न गर्न ठेक्का भई काम द्रुत रुपमा अगाडि बढेको बताउँदै दोस्रो चरणको मेलम्ची खानेपानी आयोजनाको काम पनि जारी नै रहेको छ , ढुक्क हुनुहोस् अब मेलम्चीको पानी उपत्यका आउँछ भनिन् ।
पहिलो चरणको मेलम्ची खानेपानी आयोजनाका बाँकी काम निर्धारित समयमै सम्पन्न हुनेमा मन्त्रालय आशावादी रहेको उनले जानकारी दिइन् ।
मन्त्री मगरले संविधान प्रदत्त मौलिक अधिकार कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेकाले यसै अनुरुप सबै जनतालाई खानेपानी र सरसफाइको पहुँच पु¥याउन आफ्ना नीति र कार्यक्रम केन्द्रित गरेको उल्लेख गरिन् ।
सन् २०३० सम्म खानेपानी र सरसफाइसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको उनले बताइन् ।
उनले भनिन्, “आधारभूत खानेपानीको पहुँच ८८ प्रतिशत र सरसफाइको पहुँच ९९ जनसङ्ख्यामा पुगेको छ । अबको कार्य पुगेको सेवालाई गुणस्तरीय र भरपर्दो बनाउनु हो ।”
उनले भूकम्पले क्षति पु¥याएका खानेपानी र सरसफाइ योजना अगामी वर्षभित्र सम्पन्न हुने, विश्व बैंकको आर्थिक एवम् प्राविधिक सहयोगमा ग्रामीण खानेपानी र सरसफाइ योजना लागू हुने, पोखरा, भरतपुर जस्ता ठूला शहरमा ठूला शहरी खानेपानी आयोजना कार्यान्वयनमा आएको बताइन् ।
उनले भनिन्, “गोरखा, पाल्पा र रामेछापका सुख्खा ग्रामीण क्षेत्रमा लिफ्ट प्रविधिबाट खानेपानी पु¥याइएको छ । खानेपानी र सरसफाइका संरचनालाई कम विपद् जोखिम बनाइँदैछ ।”
मन्त्री मगरले एक घर एक धारा र शौचालय बनाउने कार्यक्रम सरकारको रहेको जानकारी दिँदै आगामी वर्ष सबै जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा हुने जानकारी दिइन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: