काठमाडौं । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । उनी मनाङ (ख) बाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वा्चित भएका हुन् । सांसद गुरुङसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कास्की सचिवालय सदस्य पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश गरेका दुवैजनालाई नेकपा गण्डकी प्रदेश इन्चार्ज तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले खादा र अविर लगाएर स्वागत गरे। उनले गुरुङलाई नेकपाको विधानसमेत प्रदान गरे ।
नेकपा प्रवेश गरेका गुरुङ विगतमा ‘डन’ का रुपमा चिनिन्थे । उनलाई अहिले पनि धेरैले ‘दीपक मनाङे’ उपनामबाट चिन्छन् । प्रदेशसभा निर्वाचनमा उनलाई तत्कालीन वाम गठबन्धन (तत्कालीन एमाले र माओवादी केन्द्रसहित) ले मनाङ (ख) बाट उम्मेदवार बनाउने चर्चा चलेको थियो। तर ‘डन’ छविका उनलाई आधिकारिक उम्मेदवार बनाउँदा मतदाता भड्किने भन्दै विरोध भएपछि अन्तिम समयमा टिकट दिइएन। गठबन्धनबाट टिकट नपाएपछि उनी स्वतन्त्र रुपमा चुनाव लडे । स्वतन्त्र उम्मेदवार उनलाई तत्कालीन एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धनले सघाएको थियो । यो समाचार आजको नागरिक दैनिकमा सन्देश श्रेष्ठले लेखेका छन् ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: