Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

महानगरीय पर्यटन सूचना केन्द्र र टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन

काठमाडौं । पर्यटन विभाग भृकुटीमण्डपका महानिर्देशक ढुण्डीराज घिमिरेको प्रमुख आतिथ्यमा महानगरीय पर्यटन सूचना केन्द्र ठमेल र टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन कार्यक्रम बुधबार ठमेलमा सम्पन्न भएको छ ।

सो अवसरमा महानिर्देशक घिमिरेले महानगरीय पर्यटन सूचना केन्द्र, ठमेलको उद्घाटन गर्दै सो केन्द्र निर्माण हुनु प्रशंसनीय कार्य भएको बताए। पर्यटक प्रहरीले पर्यटकहरुलाई भ्रमणको क्रममा सहजीकरण गर्दै आएकोमा यस सेवालाई थप गुणस्तरीय बनाउन केन्द्र प्रभावकारी हुने महानिर्देशक घिमिरेले चर्चा गरे । आगामी दिनका प्रहरी कार्यहरु समुदायको आवश्यकतामा आधारित हुनुपर्ने उल्लेख गर्दै नेपाल प्रहरीले लागू गरेको समुदाय(प्रहरी साझेदारी कार्यक्रम उपयोगी रहेको उनले बताए ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेस थापा क्षेत्रीले टुरिष्ट पुलिस मोबाइल एपको उदघाटन गर्दै जनचेतनाको स्तर औधी राम्रो भएको ठमेल क्षेत्रलाई अब प्रविधि मार्फत सुरक्षा प्रदान गरी उदाहरणीय कामको सुरुवात गर्नुपर्ने बताए। सर्वत्र प्रहरी नै उपस्थित भएर सेवा प्रदान गर्ने भन्दा पनि प्रविधिको प्रयोग गरेर सेवा दिन सके सभ्यताको विकास हुने उनले बताए । साथै ठमेल क्षेत्रलाई पर्यटकमैत्री बनाउन प्रहरीकोतर्फबाट गर्नुपर्ने आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

सो अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष खेमराज तिवारी, ठमेल पर्यटन विकास परिषदका उपाध्यक्ष राजुमान डंगोल र योंग माइन्ड नेपालका प्रबन्ध निर्देशक डा। अविजित गुप्ताले समेत उक्त सूचना केन्द्र र मोबाइल एपको महत्वबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा पर्यटक प्रहरी ईकाई भृकुटीमण्डपका प्रमुख प्रहरी निरीक्षक अमृत बहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै सूचना केन्द्र र मोबाइल एप सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

पर्यटकलाई लक्षित गरेर निर्माण गरिएको टुरिष्ट पुलिस मोबाइल एप पर्यटन सम्बन्धी जानकारी एवं पर्यटकहरुको गुनासो तथा समस्यालाई सहज ढंगले सम्बोधन गर्ने उद्देश्यले निर्माण गरिएको र उक्त एप एन्ड्रोएड मोबाइलमा डाउनलोड गरेर प्रयोग गर्न सकिने उक्त अवसरमा जानकारी दिइयो ।

पर्यटक प्रहरी ईकाई भृकुटीमण्डपको आयोजना तथा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डको सहयोगमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, पर्यटन व्यवसायसंग सम्बद्ध निकायका प्रतिनिधिहरु, यातायात व्यवस्था समितिका पदाधिकारीहरु, स्थानीय निकायका जनप्रतिनिधिहरु, प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत स्थानीयबासी समेतको उपस्थिति रहेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending