Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

ओलीले संसदीय दलमा भने– प्रचण्डलाई धेरै विश्वास गरें

काठमाडौं। प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले पार्टी एकताका क्रममा भएको आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको बताएका छन्।

आजको अन्नपुर्णमा खबर छ – पार्टी संसदीय दलको सोमबार बसेको बैठकमा सहमतिपत्रबारे सांसदहरूले प्रश्न उठाएपछि अध्यक्ष ओलीले भने, ‘पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ। उहाँ (पुष्पकमल दाहाल) ले ल्याउनुभयो, मैले हस्ताक्षर गरिदिएँ। त्यसपछि मात्र मैले अध्ययन गरेको हुँ।’

सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वार्तामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो। २०७५ जेठ २ मा भएको सहमतिपत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ। त्यही विषय दाहालले टेलिभिजन अन्तर्वार्ताका कोट्याएका थिए।

पार्टी एकताको अघिल्लो दिन नेताहरू विष्णु पौडेल र जनार्दन शर्मालाई साक्षी राखेर ओली र पुष्पकमल दाहालले ५ बुँदे सहमति गरेका थिए। पछिल्लो चरण पार्टी कार्यदिशामा समेत दुई अध्यक्षमा मतभेद देखिएपछि एकताका क्रममा भएका सहमति, प्रक्रियामा देखिएको अवरोध, सरकारका काम, बजेट र विधेयक निर्माणमा सांसदहरूले प्रश्न उठाएका हुन्।

दाहालले प्रधानमन्त्री ओलीले सहमतिपत्र लेखेर ल्याउन आग्रह गरेअनुसार आफूले लेखेर लगेको र प्रधानमन्त्रीले हस्ताक्षर गरेको बताएका थिए।

‘एकताका क्रममा केही सहमति गर्ने कुरा भयो। उहाँ (ओली) ले तपार्इं लेखेर ल्याउनुहोस् भन्नुभयो, मैले लेखेर लगें। त्यसमा उहाँले हस्ताक्षर गर्नुभएको हो,’ दाहालले बैठकमा भने, ‘मैले आफ्ना कुरा राख्ने क्रममा पार्टी एकतालाई नै अर्को अर्थ लाग्ने गरी अभिव्यक्ति दिएको रहेछु भने बोली फिर्ता लिन चाहन्छु।’

ओलीले भने पार्टीको हित र बलियो कम्युनिस्ट पार्टी निर्माणको सर्तमा आफूले पनि हस्ताक्षर गरिदिएको धारणा राखेको बैठकमा सहभागी नेकपाका एक सांसदले बताए। ओलीले अहिले दुई अध्यक्षबीच निरन्तर संवाद चलिरहेकाले यस विषयमा अनेक तर्कना गरिरहन आवश्यक नभएको प्रतिक्रिया दिएका थिए।

‘हामीले एकअर्कालाई विश्वास गरेर सहमतिपत्र लेख्ने र हस्ताक्षर गर्ने काम भएको हो,’ दाहालले बैठकमा भने, ‘म आफैं अबको प्रधानमन्त्री केपी कमरेड भनेर चुनावमा गएको थिएँ।’

ओलीले पार्टी एकता मुख्य कुरा र अन्य सहायक विषय भएको भन्दै थप टिप्पणी गर्न चाहेनन्। ‘हामी एकताबद्ध भएर अगाडि जानुपर्छ, विभाजित अभिव्यक्ति कोही कसैका पनि आउनु हुँदैन। हामीलाई इतिहासले सुम्पेको अवसरलाई सदुपयोग गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।

दाहालले भने तत्कालीन पार्टीका दुवै नेताकार्यकर्ता एकै डुंगामा सवार रहेकाले डुब्दा सबै डुब्ने भएकाले सचेत बन्नुपर्ने बताएका थिए।

ओली–दाहाल दुवैले पछिल्ला दुई दिनयता आफूहरू निरन्तर छलफलमा रहेको र यही महिनाको अन्त्यसम्म पार्टी एकताको काम सम्पूर्ण रूपमा टुंग्याउने बताएका थिए।

‘विश्वास गर्नुहोस्, अब हामी यही महिनाको अन्तिमसम्म पार्टी एकताका सम्पूर्ण कामको छिनोफानो लगाउँछौं,’ प्रधानमन्त्री ओलीले भने।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending