काठमाडौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनियां राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र वजार विस्तारको लागी पहल गरिरहेको भन्दै चिनियां लगानीकर्तालाई नेपालमा लगानीको लागी पहल गरिदिन आग्रह गरे । उनले सरकारले जलविद्युतको लागी भारत र वंगलादेशमा बजारको लागी पहल जारी राखेको जानकारी समेत दिए ।
‘नेपालमा जलविद्युत क्षेत्रमा नयां सम्भावना छ, लगानी र वजार विस्तारका लागी हामी पहल गरिरहेका छौं, भारत र वङगलादेशसंग समेत यसवारेमा छलफल भइरहेको छ । यसमा चिनियां लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ ।’ मन्त्री पुनले भने ।
चिनियां लगानीकर्ता र निर्माण कम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडीको कारणबारे पनि जिज्ञासा राखेका थिए । जवाफमा राजदूत यान्छीले चिनियां कम्पनिले भोगेका समस्याहरुको वारेमा जानकारी दिंदै त्यसवारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताए ।
मन्त्री पुनले राजदूतसंगको भेटमा भने ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहां किन गर्न सकिरहेका छैनन् । समस्या के हो जस्का कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौ । ’
उनले चिनियां कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्नको लागी समन्वय गरिदिन आग्रह गरे ।
मन्त्री पुनले दुधकोशी जलविद्युत आयोनामा हाल विश्व वैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजाना सम्पन्न गर्नको लागी थप २ खर्व अपुग भएकोले चिनियां सहयोगको लागी पहल गरिदिन आग्रह गरे ।
भेटमा चिनियां राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको जानकारी दिए ।
उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियां कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिए।
राजदूत यान्छीले भने ‘ चीन नेपालको सांच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागी पहल गरिरहेको छ । ’
चिनियां कम्पनीले निर्माण गरिरहेका परियोजनामा भिषा, प्राकृतिक प्रकोप र जग्गाको अधिग्रहण, लगायतका समस्या भोगिरहेको चिनियां राजदूतको भनाई थियो ।
भेटमा राजदूत यान्छीले नेपालमा हाल स्थिर सरकार रहेको र अरु चार वर्ष सरकारसंग समय रहेको भन्दै यो अवधीमा नेपालले वढीभन्दा बढी उपलव्धी हासिल गर्छ भन्नेमा आफु आशावादी रहेको धारणा राखे ।
मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै मुलुकको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: