काठमाडौं । संसदीय समितिले काठमाडौंको तीनकुनेस्थित बागमती नदीमा पुल निर्माणको ठेक्का लिएको विवादित पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
सो पुलको लम्बाइ ८६ र चौडाइ १७ मिटर रहेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले निर्माण व्यवसायीलाई हाल पुलको निर्माण रोक्न निर्देशनसमेत दिएको छ ।
प्रतिनिधिसभा विकास तथा प्रविधि समितिका सदस्यले हालै सो पुलको स्थलगत अध्ययन गर्दा पुलको तीनवटा फाउण्डेशनमध्ये दुईवटा क्या¥याक देखिएको समितिको आजको बैठकमा जानकारी दिइयो ।
समितिको बैठकले पुलको नक्सामा पुनरवलोकन गरी काम अगाडि बढाउन सरकारलाई निर्देशनसमेत दिएको छ । समितिका सभापति कल्याणीकुमारी खड्काले पुलको स्थलगत अध्ययन गर्दा फाउण्डेशनमा क्या¥याक देखिएकाले तत्काल पुलको नक्सालाई पुनरवलोकन गरी काम अगाडि बढाउन आवश्यक रहेको बताए ।
त्रिभुवन विश्वविद्यालय, इञ्जिनीयरिङ अध्ययन संस्थानलाई पुलको पुनः नक्साङ्कन गर्न पठाइएको छ । बैठकमा समितिका सदस्य गणेश पहाडीले छिटो पुलको निर्माण कार्य अगाडि बढाउन आग्रह गरे ।
अर्का सदस्य जीपछिरिङ शेर्पाले रातको समयमा पनि सरकारी प्राविधिक विकास निर्माणस्थलमा अनुगमनका लागि अनिवार्य रहनुपर्छ भने ।
आजको बैठकमा समितिको आव २०७५÷७६ को वार्षिक प्रतिवेदनको मस्यौदा पेश हुनाका साथै, सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा गठित उपसमितिले आफ्नो प्रतिवेदन समितिसमक्ष प्रस्तुत ग¥यो । समितिका सदस्य बीनाकुमारी श्रेष्ठको संयोजकत्वमा उपसमितिका गठन भएको थियो ।
aplly description here...
फाल्गुन २९ गते, २०७७ - १२:२०
काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...
फाल्गुन ९ गते, २०७७ - १७:४२
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...
फाल्गुन ९ गते, २०७७ - १७:०४
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...
फाल्गुन ९ गते, २०७७ - १६:५९
भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...
फाल्गुन ९ गते, २०७७ - १६:३६
विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...
फाल्गुन ९ गते, २०७७ - १५:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...
फाल्गुन ९ गते, २०७७ - १५:१६
काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...
फाल्गुन ९ गते, २०७७ - १४:३४
झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...
फाल्गुन ९ गते, २०७७ - १४:०८
भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...
फाल्गुन ९ गते, २०७७ - १३:३३
जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...




प्रतिकृया लेख्नुहोस्: