Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

गरीबीका कारण शिक्षाबाट वञ्चित नहुन सार्वजनिक शिक्षा सुधारमा प्राथमिकता – कार्यवाहक प्रम

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले गरीबीका कारण कोही पनि नागरिक शिक्षाको उज्यालो घामबाट वञ्चित हुन नपरोस् भनेर सरकारले सार्वजनिक शिक्षा क्षेत्र सुधारका लागि प्राथमिकता दिएको बताएका छन् ।

तारकेश्वर नगरपालिका गोलढुङ्गास्थित पृथ्वीनारायण माविको नवनिर्मित भवनको शिलान्यास गर्दै उपप्रधानमन्त्री पोखरेलले संविधानको मौलिक हकको कार्यान्वयनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा शिक्षा क्षेत्रमा सुधारका लागि सामुदायिक विद्यालय गुणस्तर अभिवृद्धि दशक सञ्चालन गरिने बताए ।

उनले भने, “समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सबल र कुशल जनशक्तिको आवश्यकता पर्छ । त्यस्तो जनशक्ति गुणस्तरीय शिक्षाबाट मात्रै प्राप्त हुन्छ । शिक्षाले उत्पादन, श्रम, रोजगार र आत्मनिर्भरतालाई जोड्न सक्नुपर्छ । त्यसका लागि हामी नीतिगत र कार्यक्रमिक पुनःसंरचनाको चरणमा छौँ ।”

उनले ७० प्रतिशतसम्म प्राविधिक शिक्षाको धारलाई प्राथमिकता दिइएको र आगामी आर्थिक वर्षमा मुलुकका ७० जिल्लासम्म पूर्ण साक्षर घोषित हुने पनि बताए । दक्षिण कोरियाली संस्था अम हाँेङ गिल ह्युमन फाउण्डेशनको करीब रु २० करोड सहयोगमा निर्माण हुने पुस्तकालय तथा बहउद्देश्यीय कभर्ड हलको उपप्रधानमन्त्री पोखरेलले शिलान्यास गरे।

उपप्रधानमन्त्री पोखरेलले कोरियाली नागरिक अम होँङलाई नेपालको मानार्थ नागरिकता दिने विषयमा सरकारले चाँडै निर्णय गर्ने पनि सुनाए । अम होँङले सन् २००२ मा सगरमाथा आरोहण गरेका थिए भने संस्था खोली नेपालमा सामाजिक काम गर्दै आएका छन् । उनले संसारका आठ हजार मिटरभन्दा अग्ला १६ हिमाल चढेर कीर्तिमान राखिसकेका छन् । फाउण्डेशशनले यसअघि नेपालमा विभिन्न १५ विद्यालयमा भवन निर्माण गरिसकेको छ । सो फउण्डेशनको कार्यकारी निर्देशक अम होँङ नै छन् । उनले नेपाली विद्यार्थीको सुन्दर सपना पूरा भएमा देशको भविष्य उज्जल हुने बताए ।

नेपाली काङ्ग्रेसका सांसद भीमसेनदास प्रधानले सरकारले शिक्षा क्षेत्रमा विनियोजन गरेको बजेट अझै अपर्याप्त भएको गुनासो गरे । नेपालका लागि कोरियाली राजदूत छङ उन, नगरपालिकाका प्रमुख रामेश्वर बोहरा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव राधिका अर्याललगायतले विद्यालयको सफलताको कामना गर्नुभएको थियो । विसं २०३२ मा स्थापित सो विद्यालयमा हाल १०२० विद्यार्थी रहेका प्रधानअध्यापक नारायणप्रसाद शर्माले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending