Khabar Dabali ११ पुष २०८२ शुक्रबार | 26th December, 2025 Fri
Investment bank

देशमा लोकतन्त्रको नाममा लुटतन्त्र मच्चियाे - अध्यक्ष थापा

बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्रको स्थापनापछि देशमा सत्तापक्ष र प्रतिपक्षले मिलेर ‘लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चाएको आरोप लगाए।

पार्टीको राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बागलुङमा भएको आमसभामा बोल्दै अध्यक्ष थापाले देशमा भ्रष्टचार बढदै जानुको कारण सरकारमा बसेका सत्ता पक्ष र प्रमुख प्रतिपक्ष दुवैको राष्ट्रिय सहमति भएको उनको भनाई छ। उनले भने, ‘सत्तापक्ष र प्रतिपक्ष दुबैले मिलेर देश कंगाल बनाएका छन्। भ्रष्टाचारमा लिप्त भएका छन्।’

देशमा अनियन्त्रीत ढंगले भ्रष्टाचार बढ्दै गएको भन्दै राप्रपाले यसप्रति खबरदारी गरेको बताए। मुलुकमा हिन्दुराष्ट्रलाई मासेर डलरको लोभमा धर्म निरपेक्ष राष्ट्रको घोषणा गरिएको उनको भनाई छ। ‘मुलुकमा गणतन्त्र स्थापना भएको पनि १३ वर्ष पुग्यो थापाले भने, ‘गणतन्त्रलाई संस्थागत गर्ने नाममा प्राचीनकालदेखि कायम रहेको सनातन हिन्दु संस्कृतिलाई मासियो। डलरको लोभमा धर्म निरपेक्ष घोषणा गरेपछि अहिले धर्म परिवर्तनको चर्को रुप देखिएको छ।’ थापाले राष्ट्रघाति नागरिकता ऐन कार्यान्वयन गरेर लाखौं विदेशीलाई नागरिकता बाँडिनु लोकतन्त्र विपरित रहेको बताए।

युवाहरुलाई सामान्य रोजगारीको लागि अरबको खाँडी र मलेसियाको जंगलमा जान बाध्य पारिएको उनको भनाई छ। नेपालमा गरिबी र बेरोजगारका, भ्रष्ट्राचार, धर्म संस्कृति माथिको अतिक्रमण, राष्ट्र विखण्डनको खतरा, लोकतन्त्रको आवरणमा सर्वसत्तावादको खतरा मुख्य चुनौतीको रुपमा देखिएको थापाले बताए। जनआन्दोलन गर्ने र मुलुकको परिवर्तनका लागि बन्दुक बोक्नेहरु विदेशी मरुभूमिमा रगत पसिना बेच्न बाध्य छन,’ अध्यक्ष थापाले भने,‘ बन्दु बोक्ने खाडीमा बोकाउनेहरु अर्बपति र चिल्ला गाडीमा छन्। यसै यथार्थ बाहेक मुलुकमा कुनै पविर्तन हुन सकेको छैन।’ राप्रपाले अघि सारेको मध्यमार्गी धार राजसंस्था सहितको लोकतन्त्र र सनातन हिन्दुराष्ट्र स्थापनाको लागि अब गाउँगाउँमा बहस चलाउन जरुरी रहेको बताए।

‘हामी देशमा शान्ति नपाउने हो भने, रोजगारी नपाउने हो भने, अब राजसंस्था र हिन्दुराष्ट्र यी दलहरुसंग फिर्ता माग्नुपर्छ,’ उनले भने, ‘अहिले विप्लवको नाममा जे जस्तो गतिविधि भैरहेको छ, त्यसले अहिले सरकार सञ्चालन गरेका र प्रतिपक्षमा भएका दलहरु असफल भएको स्पष्ट छ। उनीहरुले जनतासंग माफी मागेर राजसंस्था र हिन्दुराष्ट्र फर्काउनुपर्छ।’ उनले विगतमा केही समयमा सरकारमा जानु पार्टीको गल्ती भएको औलाउँदै राप्रपाले अब सत्ता केन्द्रित राजनीति कहिल्यै नगर्ने समेत उल्लेख गरे। सभालाइ बरिष्ठ उपाध्यक्ष बुधिमान तामाङ, दिलविकास राजभण्डारी, विन्दु पहाडी, प्रकाश रिमाल, देवि कँडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रम जिल्ला अध्यक्ष सुरेन्द्र खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending